arrow

धैर्यसँग यात्रा

logo
कविता गौतम,
प्रकाशित २०८२ पुष १२ शनिबार
kabita gautam-82-9-12.jpg

जब सबैले छिटो नतिजा खोजे 
मैले भने धैर्यको हात समातेँ 
किनकि मलाई थाहा थियो 
ढिलो फुल्ने फुल सबैभन्दा सुगन्धित हुन्छ 

अहिलेसम्म जीवनमा हजार चोट लागे  
तर मैले समयलाई कहिल्यै दोष दिइन 
 किनकि कतिपय पीडाले हामीलाई भत्काउन होइन 
बनाउन आउँछ्न् 

धैर्यले मलाई झुक्न सिकायो
तर टुट्न दिएन
ढुङ्गा झैँ होइन 
माटो जस्तै बन्न सिकायो
चोट सहेर जीवन के हो बुझ्न सिकायो 

कतिपय चोटहरु शब्दले होइन 
समयले निको पार्छ रे त्यसैले 
म राम्रो दिनको प्रतीक्षामा छु

धैर्यले मलाई सहन सिकायो र 
सहँदै आफूलाई जोगाउन 

मलाई सबै उत्तर आजै चाहिँदैन 
केही उत्तर मौनमै हुन दिनुपर्छ
आज ढिलो लागे पनि 
भोलि सही ठाँउमा पुग्ने छु म 
किनकि म हतार होइन 
धैर्यसँग यात्रा गरिरहेकी छु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ