एलजी नेपालको अफर: टी२० विश्वकप हेर्न मुम्बई जाने पहिलो चरणका ४ भाग्यशाली विजेता घोषणा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १७ बिहिबार
532
Shares
काठमाडौँ। एलजी नेपालले जारी टी२० विश्वकप लक्षित ‘कन्ज्युमर क्याम्पेन’ अन्तर्गत पहिलो चरणका विजेताहरू घोषणा गरेको छ। यस योजनामा सहभागी भई छानिएका ४ जना भाग्यशाली ग्राहकले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा पुगेर नेपाली टोलीको खेल प्रत्यक्ष हेर्ने दुर्लभ अवसर पाएका छन्।
कम्पनीले गत मङ्सिर २९ गतेदेखि सुरु गरेको यस विशेष योजना अन्तर्गत नेपाल अधिराज्यभरबाट लक्की ड्रमार्फत पहिलो चरणका ४ जना विजेता छनोट गरिएको हो।
को–को भए विजेता? कम्पनीले सार्वजनिक गरेको नतिजा अनुसार पहिलो चरणमा निम्न ग्राहकहरू विजेता घोषित भएका छन्:
यस्तो छ पुरस्कार योजना विजेताहरूले ४ रात ५ दिनको मुम्बई भ्रमण प्याकेज प्राप्त गरेका छन्। यस क्रममा उनीहरूले वानखेडे स्टेडियममा नेपालको खेल प्रत्यक्ष हेर्न पाउनेछन्। एलजी नेपालका अनुसार विजेताहरूको यात्रा, आवास र खेल हेर्दा लाग्ने सम्पूर्ण खर्च कम्पनीले नै बेहोर्नेछ, जसले उनीहरूको यात्रालाई सहज र अविस्मरणीय बनाउने विश्वास कम्पनीले लिएको छ।
अझै जित्ने मौका बाँकी फेब्रुअरी ७ देखि भारत र श्रीलङ्कामा आयोजना हुन गइरहेको विश्वकप क्रिकेटलाई लक्षित गर्दै ल्याइएको यो योजना अझै जारी छ। कम्पनीका अनुसार एलजीका कुनै पनि सामान खरिद गरी ग्राहकहरूले यस योजनामा सहभागी हुन सक्नेछन्।
कसरी सहभागी हुने? योजनामा सहभागी हुनका लागि ग्राहकले एलजीको सामान खरिद गरिसकेपछि ३१००३ मा एसएमएस पठाउनुपर्नेछ। एसएमएसको फरम्याट: LG <space> Warranty Card No <space> Product Name <space> Customer Name <space> Address टाइप गरी 31003 मा पठाउनु पर्नेछ।
यो योजना सीमित अवधिको लागि नेपालभर लागु भएकाले नजिकको आधिकारिक बिक्रेताकहाँ गई सहभागी हुन र अर्को विजेता बन्ने अवसर नगुमाउन कम्पनीले आग्रह गरेको छ।