arrow

सिलवालको 'अमेरिकाको घाम' लोकार्पण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
americako-gham.jpg

काठमाडौँ। नियात्राकार छविरमण सिलवालको नवीनतम् नियात्राकृति अमेरिकाको घाम लोकार्पण गरिएको छ ।

उक्त कृति श्रीओम श्रेष्ठ रोदन, नियात्राकार सिलवाल, सुमन सौरभ, केशव पराजुली,नन्दु उप्रेती, मधु पाठक, प्रदीप सापकोटालगायतले लोकार्पण गरे ।

वरिष्ठ साहित्यकार रोदनले नियात्राकारले पाठकलाई आफूसँगै अमेरिका, यूरोप र चीनको यात्रा गराउन सक्षम भएको बताए ।

भुँडीपुराणका प्रवन्ध निर्देशक पराजुलीले कृति मीठासपूर्ण भएकोले पाठकको माया पाउने बताए ।

सिलवालका यसअघि १० कृति प्रकाशित भइसकेका छन् ।

कृतिभित्र विभिन्न शीर्षकका १३ थान नियात्रा समावेश छन् ।

राजकुमार बानियाँका अनुसार सरल,सहज र सवेद्य भाषा अनि गाहे ब गाहे काव्यलहरीले यात्रा वृतान्तलाई सुन्दर बनाएको छ ।

कुमारी लामा भन्छिन्- जीवनका हरक्षण उत्सवमय बनाउन खप्पिस सिलवाल स्लोभेनियन नजरावेंमा एकाध पटक मात्र सामेल भए तापनि अमेरिकाको घाममार्फत समस्त पाठकहरूलाई रमरमिलो महसूस गराउन सफल छन् ।

अमेरिकाको घामलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ