सिजी ब्रान्डका साना घरायसी उपकरण (एसडीए) तर्फको 'वर्ल्डकप योजना' अन्तर्गत 'पहिलो चरणको विजेता सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
780
Shares
काठमाडौँ। नेपालको सर्वाधिक विश्वासिलो इलेकट्रोनिक्स ब्रान्ड सिजी ब्रान्डले आफ्ना साना घरायसी उपकरणहरू (एसडीए) का लागि सञ्चालित सिजीको साथमा, वर्ल्डकप टिकट हातमा #लेवलअफ!विथसिजी उपहार योजना अन्तर्गत पहिलो चरणको विजेता सार्वजनिक गरेको छ।
आगामी आईसीसी टी२० पुरुष विश्वकपलाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथाद्वारा साना घरायसी उपकरण तर्फ पहिलो चरणका लागि एक जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ। यस पहिलो चरणको डिजिटल गोलाप्रथा मार्फत पोखराकी मोनिका महर्जन बम्पर उपहार विजेता बन्न सफल भएकी छिन्।
कम्पनीका अनुसार विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गर्नुभएको छ। यस भ्रमण प्याकेजमा काठमाडौँ-मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ। साथै, विजेताले मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी२० पुरुष विश्वकप अन्तर्गत नेपाली टोलीको १ खेलको टिकट समेत प्राप्त गर्नेछन्।
कम्पनीले यो पहिलो चरण मात्र भएको र योजना अझै जारी रहेको जानकारी गराएको छ। आगामी दिनमा थप विजेताहरू घोषणा गरिने हुँदा योजनामा सहभागी हुन इच्छुक ग्राहकहरूले देशभर रहेका २१ वटा आधुनिक सिजी डिजिटल शोरुमहरू, कम्पनीको आधिकारिक वेबसाइट www.cgdigital.com.np तथा सिजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सिजीका साना घरायसी उपकरण (एसडीए) खरिद गरी ३१००३ मा एसएमएस पठाउनुपर्नेछ।
(एसडीएका लागि एसएमएस ढाँचा: सिजी एसडीए <स्पेस> सिरियल नम्बर <स्पेस> उत्पादनको नाम <स्पेस> ग्राहकको नाम <स्पेस> ठेगाना टाइप ३१००३ मा गरीबाउ खोजछ।)
४० वर्षदेखि नेपाली बजारमा सेवा दिँदै आएको सिजी ब्रान्डले आफ्ना ग्राहक वर्गको निरन्तर विश्वासप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता योजनाहरू ल्याइरहने प्रतिबद्धता व्यक्त गरेको छ।