एलजी नेपालले वानखेड़े स्टेडियममा नेपाल टोलीको खेल प्रत्यक्ष हेर्न टी२० विश्वकप यात्राको दोस्रो चरणको विजेता घोषणा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
688
Shares
काठमाडौँ। मङ्सिर २९ गते देखि एल जी नेपालले विश्व स्तरीय अन्तर्राष्ट्रिय क्रिकेटको रोमाञ्चलाई एकसाथ जोड्ने आकर्षक उपभोक्ता क्याम्पेनको घोषणा गरेको थियो।
यही फेब्रुअरी ७ देखि इन्डिया र श्रीलङ्कामा हुन गइरहेको विश्वकप क्रिकेट लक्षित गरी एल जी नेपाल ले घोषणा गरेको क्याम्पेनको दोस्रो चरण को विजेताहरू घोषणा गरेको छ। नेपाल अधिराज्य भरि लागु भएको यस विशेष योजनामा एलजी नेपालले अधिराज्य भरिबाट दोस्रो चरण को ४ जना भाग्यशाली विजेताहरू छनोट गरेको छ।
दोस्रो चरणको विजेताहरूमा काठमाडौँ चाबहिल निवासी धिरज बस्नेतले एसपाएर इलेकट्रोनिक्स कालीमाटीबाट टिभी खरिद गरेका थिए। त्यसैसरि विराटनगर निवासी प्रमिला तिम्सिनाले एलजी शोपि विराटनगर बाट रेफ्रीजेरेटर खरिद गरेका थिए। वलिङ्ग निवासी माधव न्यौपानेले डिके इलेकट्रोनिक्स सप्लायेर्सबाट वाशिंग मेसिन खरिद गरेका थिए र प्युठान निवासी ग्यामुराम न्यौपानेले टेलिट्रोनिक्स इन्टरनेसनलबाट वाशिंग मेसिन खरिद गरेका थिए।
यस योजना अन्तर्गत एलजीको कुनै पनि समान खरिद गर्दा ग्राहकहरूले वान्खेड़े स्टडीयम मुम्बईमा नेपाल को कुनै एक खेल प्रत्यक्ष हेर्ने पाउने छन् । नेपालको पहिलो चरण को सबै खेल मुम्बई मा हुन गइरहेको छ।
तसर्थ एलजीले ४ रात ५ दिनको मुम्बई यात्रा लगायत नेपालको खेल प्रत्यक्ष हेर्न सम्पूर्ण क्रिकेट प्रेमीको लागि अवसर जुराएको छ, र यसमा लाग्ने सबै खर्च कम्पनीले नै बेहोर्ने जानकारी गराउदैछौ,जसले उनीहरूको यात्रा सहज र अविस्मरणीय बनाउनेछ।
के तपाईँले एलजीको समान खरिद गर्दा एसएमएस गर्न छुटाउनु त भाको छैन नि ?
एसएमएसको लागि: एलजी [स्पेस] वारेन्टी कार्ड नम्बर [स्पेस] उत्पादनको नाम [स्पेस] ग्राहकको नाम [स्पेस] ठेगाना लेख्नुहोस् र ३१००३ मा पठाउन सकिने छ।
यो योजना सीमित अवधिकोलाई नेपाल अधिराज्य भरि लागु भएकाले आजै आफ्नो नजिकको अनधिकारिक बिक्रेतामा गई एलजीको समान खरिद गरी एसएमएस पठाई यस योजनमा सहभागी हुनुहोस्।