arrow

ब्ल्याक+डेकरको वर्ल्डकप योजना अन्तर्गत पहिलो चरणको विजेता सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
cg-band-d-luckey-winner-jan-2026.jpg

काठमाडौँ। विश्व प्रख्यात अमेरिकी ब्रान्ड ब्ल्याक+डेकरले आफ्ना ग्राहकहरूका लागि सञ्चालित "पावर योर होम" उपहार योजना अन्तर्गत पहिलो चरणको विजेता सार्वजनिक गरेको छ।

आगामी आईसीसी टी२० पुरुष विश्वकपलाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोला प्रथाद्वारा पहिलो चरणका लागि एक जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।

यस पहिलो चरणको डिजिटल गोलाप्रथा मार्फत बुढानीलकण्ठ निवासी श्री नवराज प्रसाईँ  विजेता बन्न सफल भएका छन्।

नवराज प्रसाईँले नयाँ बानेश्वरस्थित आर वान इलेकट्रोनिक्सबाट ब्ल्याक+डेकरको एयर फ्रायर खरिद गरी यस योजनामा सहभागिता जनाएका थिए।

कम्पनीका अनुसार विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गर्नुभएको छ। यस भ्रमण प्याकेजमा काठमाडौँ-मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ। साथै, मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी२० पुरुष विश्वकप अन्तर्गत नेपाली टोलीको १ खेलको टिकट समेत समावेश गरिएको छ।

कम्पनीले यो पहिलो चरण मात्र भएको र योजना अझै जारी रहेको जानकारी गराएको छ। आगामी दिनमा थप विजेताहरू घोषणा गरिने हुँदा योजनामा सहभागी हुन इच्छुक ग्राहकहरूले देशभरिका सिजी डिजीटल आउट लेटहरू, एलजी शपको आउट लेटहरू, तथा अन्य आधिकारिक च्यानल पार्टनरहरू वा cgdigital.com.np बाट ब्ल्याक+डेकरका उपकरण खरिद गरी ३१००३ मा एसएमएस पठाउनु पर्ने छ।
बिएण्डी <स्पेस> वारेन्टी कार्ड नं. <स्पेस> उत्पादनको नाम <स्पेस> ग्राहकको नाम <स्पेस> ठेगाना टाइप ३१००३ पठाउनुहोस् ।

ब्ल्याक+डेकरले सन् १९१० देखि विश्वव्यापी रूपमा नवप्रवर्तन र गुणस्तरीय उपकरणहरू निर्माण गर्दै आएको छ। नेपालमा यसको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सीजी इलेकट्रोनिक्स रहेको छ। कम्पनीले विजेतालाई बधाई दिँदै आगामी दिनमा पनि ग्राहकहरूको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ