arrow

टी२० विश्वकप हेर्न मुम्बई जाने अफर: टिसीएलले छान्यो दोस्रो विजेता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १ बिहिबार
cg-tcl-icct20-worldcup-winner-jan-2026.jpg

काठमाडौँ । विश्व स्तरीय इलेकट्रोनिक्स ब्रान्ड टिसीएलले "नेपालको शान, मुम्बईको मैदान" योजना अन्तर्गत दोस्रो चरणको विजेता सार्वजनिक गरेको छ। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने आईसीसी टी२० विश्वकपमा नेपालको खेल प्रत्यक्ष हेर्न पाउने यो विशेष अफर अन्तर्गत पोखराका टेकनाथ भण्डारी भाग्यशाली विजेता बनेका छन्।

कम्पनीका अनुसार भण्डारीले पोखरास्थित 'मोडर्न डिजिटल इलेकट्रोनिक्स' बाट टिसीएलको क्यूएलईडी टेलिभिजन खरिद गरी यस क्याम्पेनमा सहभागिता जनाएका थिए।

विजेताले के-के पाउँछन्? यस योजनाका विजेताले ४ रात ५ दिनको मुम्बई भ्रमण प्याकेज प्राप्त गर्नेछन्। यस प्याकेजमा ऐतिहासिक वानखेडे स्टेडियममा नेपाली राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्ने टिकट, दुईतर्फी हवाई टिकट, होटेल बसाइ तथा अन्य आवश्यक सम्पूर्ण खर्च टिसीएल नेपालले नै व्यहोर्ने जनाएको छ।

उपहार र छुटको वर्षा विश्वकपको अवसर पारेर टिसीएलले आफ्ना विभिन्न उत्पादनहरूमा आकर्षक अफरहरू पनि ल्याएको छ:

  • वासिङ मशीन: खरिदमा ३ केजी एरियल डिटर्जेन्ट र निःशुल्क जडान सुविधा
  • एयर कन्डिसनर: खरिदमा निःशुल्क जडान सुविधा
  • टेलिभिजन (४३ इन्च र सोभन्दा माथि): खरिदमा नेटटिभीको ९ महिनाको निःशुल्क सब्स्क्रिप्सन।

यसका साथै, कम्पनीले नागरिकताको आधारमा सरल किस्ताबन्दी सुविधा र पुरानो सामान साटेर नयाँ लिन सकिने 'एक्सचेन्ज अफर' समेत उपलब्ध गराएको छ।

अझै छ जित्ने मौका: कसरी सहभागी हुने ? कम्पनीले यो योजना सीमित अवधिका लागि मात्र नेपालभर लागू गरेको भए पनि आगामी चरणका विजेता बन्ने अवसर अझै बाँकी रहेको जनाएको छ। इच्छुक ग्राहकले नजिकैको आधिकारिक बिक्रेताबाट टिसीएलका उत्पादन खरिद गरी तल दिइएको फरम्याटमा ३१००३ मा एसएमएस पठाउनुपर्नेछ:

टिसीएल <स्पेस> वारेन्टी कार्ड नम्बर <स्पेस> उत्पादनको नाम <स्पेस> ग्राहकको नाम <स्पेस> ठेगाना र पठाउनुहोस् ३१००३

नेपालमा चौधरी ग्रुप अन्तर्गत वितरण हुँदै आएको टिसीएल ब्रान्डले टेलिभिजन, वासिङ मेसिन तथा एयर कन्डिसनर लगायतका आफ्ना उत्पादनहरूको गुणस्तर र नवीन प्रविधिको कारण बजारमा लोकप्रियता कमाउँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ