श्रष्टा हक अधिकारका लागि सरकार र संस्थाहरूबीच सहकार्यमा जोड
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ३ शनिबार
807
Shares
काठमाडौँ । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले ‘सल्लाहकार मनोनयन, श्रष्टा अधिकार तथा वर्तमान गीत संगीत बजारमा ब्याप्त विकृति र विसंगतिहरूको न्यूनीकरणका लागि छलफल तथा चियापान कार्यक्रम’ आयोजना गरेको छ ।
प्रतिलिपि अधिकार कार्यालयकी प्रमुख रजिस्ट्रार सबिता कार्कीले श्रष्टा हक, अधिकारका लागि कानूनको संशोधित ड्राफ्ट तयार रहेको र त्यसको कार्यान्वयनका लागि श्रष्टा आँफै पनि जागरुक भइ घचघच्याउनुपर्ने बताइन् ।
प्रतिलिपि अधिकारका विविध विषयमाथि प्रकाश पार्दै कार्कीले यस्ता कार्यक्रमले श्रष्टा अधिकार, समस्याको पहिचान र त्यसको निराकरणमा सरकार र श्रष्टाबिच पुलको काम गर्ने बताइन् ।
प्रतिलिपि अधिकारका विविध विषयमाथि प्रकाश पार्दै प्रमुख रजिस्ट्रार कार्कीले श्रष्टा अधिकार, समस्याको पहिचान र त्यसको निराकरणमा सरकार र श्रष्टाबिच पुलको काम गर्ने उनको भनाइ थियो ।
यस्तै संस्थाका बरिष्ठ उपाध्यक्ष दीपक शर्मा, सल्लाहकार टेक तामाङ, रोयल्टी संकलन समाजका महासचिव बसन्त सापकोटा, संगीतकार संघका अध्यक्ष अष्ट लामा, गम्बु शेर्पालगायतले गीत संगीत भित्रका विकृति-विसंगति, त्यसको निराकरणका उपाय, श्रष्टा अधिकार, सचेतना, रोयल्टी व्यवस्थापनका चुनौती र पछिल्लो समय देखिएको एआई प्रविधिको विकास, त्यसका अस र चुनौतीलगायतका विविध विषयमा आफ्नो धारणा राखेका थिए ।
संस्थाभित्रका कार्यसमितिका पदाधिकारीलगायत ललितकलाका विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रममा कार्य समितिले निर्णय गरि विधान अनुसार मनोनयन गरेका सल्लाहकारहरूलाई मनोनयन-पत्र प्रदान गरिएको थियो ।
संस्थाका अध्यक्ष नारायणबहादुर थापाले यस्ता कार्यक्रमहरू श्रष्टा हकहितका लागि फलदायी रहने र आगामी दिनमा पनि निरन्तर लागिरहने बताए ।
कार्यक्रम अध्यक्ष थापाको सभापतित्व एवं संस्थाका महासचिव सनम कठायतको संयोजनमा सम्पन्न भएको हो ।