arrow

नारायणीमा 'राइनो क्रुज' को पुनरागमन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
boat-koshi.jpg

काठमाडौँ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित नारायणी नदीमा नेपालकै पहिलो 'राइनो क्रुज' पुनः सञ्चालनमा आउने भएको छ। राइनो वाटर इन्टरटेनमेन्ट र होटल रिभर क्राउनको संयुक्त लगानीमा यस क्षेत्रलाई दिगो पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ क्रुज सञ्चालनको तयारी गरिएको हो।

प्रबन्ध निर्देशक दीपक ढुङ्गेलका अनुसार, क्रुजलाई विशेष गरी 'डिनर क्रुज' को अवधारणामा सञ्चालन गरिनेछ, जहाँ यात्रुले यात्राका क्रममा खानपान र लाइभ सङ्गीतको आनन्द लिन पाउनेछन्। दुई तला र ३६० डिग्री भ्यू-डेक रहेको यस क्रुजमा एक पटकमा १५० जनालाई सेवा दिने क्षमता छ। गैँडाकोटको पुलचोकदेखि पवित्र धार्मिक स्थल देवघाटसम्मको जलयात्रा गराइने यस परियोजनाले नवलपुर, चितवन र तनहुँको धार्मिक तथा जल पर्यटनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

यसअघि चितवनको काभ्रेघाटबाट सञ्चालनमा आएको यो क्रुज प्राविधिक र भौगोलिक कठिनाइका कारण बन्द भएको थियो। अहिले बर्खाको समयमा ठूला उपकरण प्रयोग गरी यसलाई गैँडाकोट ल्याइएको हो। कुल ५० करोड रुपैयाँ लगानी भएको यस परियोजनाले ५० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। आगामी ५ वर्षभित्र पब्लिक कम्पनीमा गएर सर्वसाधारणका लागि सेयर (IPO) जारी गर्ने र भविष्यमा दुईवटा 'मिनी क्रुज' समेत थप्ने कम्पनीको ल



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ