एनएमबि बैङ्कद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
683
Shares
काठमाडौँ। एनएमबि बैङ्कले आफ्ना ग्राहकहरूलाई थप सुविधा र अझै उत्कृष्ट बैङ्किङ अनुभव प्रदान गर्ने उद्देश्यले दुई वटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक गरेको छ। बैङ्कले ग्राहकहरूको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै 'प्लाटिनम डेबिट डिलाइट' र 'प्लाटिनम डेबिट' कार्ड सार्वजनिक गरेको हो। यी कार्डहरूले ग्राहकको दैनिक बैङ्किङ अनुभवलाई सहज र प्रिमियम बनाउने विश्वास बैङ्कले लिएको छ।
नयाँ प्लाटिनम कार्ड धारकहरूले विभिन्न प्रिमियम आउट लेटहरूमा आकर्षक छुटका साथै विमानस्थलहरूमा लाउन्ज सुविधा पाउनेछन् (सर्तहरू लागू हुने)। विशेष गरी धेरै यात्रा गर्ने र बैङ्किङ सेवामा लचकता खोज्ने ग्राहकहरूका लागि 'प्लाटिनम डेबिट डिलाइट' कार्ड निकै उपयोगी हुने देखिन्छ। यस कार्डमार्फत ग्राहकहरूले नेपालभरका कुनै पनि बैङ्कको एटिएमबाट निःशुल्क नगद झिक्न सक्नेछन् भने भारतमा नगद झिक्दा समेत विशेष सहुलियत पाइनेछ।
डिजिटल बैङ्किङमा सधैँ अगाडि रहने एनएमबि बैङ्कले आफ्ना ग्राहकलाई विशेष अनुभव प्रदान गर्न यी अत्याधुनिक सुविधाहरू ल्याएको बताएको छ। यी नयाँ विशेषताहरूले ग्राहकहरूलाई उत्कृष्ट डिजिटल बैङ्किङ अनुभव र विशिष्ट पहिचान प्रदान गर्नेमा बैङ्क विश्वस्त रहेको छ।
यी नयाँ कार्डहरूबारे थप जानकारी लिन वा सेवा लिन चाहने ग्राहकहरूले आफ्नो नजिकैको एनएमबि बैङ्कको शाखामा सम्पर्क गर्न वा बैङ्कको कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन्।
एनएमबि बैङ्कले हाल देशभर रहेका २०२ शाखा, १८४ एटिएम र ९ वटा एक्स्टेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई भरपर्दो वित्तीय सेवा दिँदै आएको छ।