arrow

छायाँ अपराधको

सानोथिमि बाल सुधारगृहका दुई पक्षबीच झडप, आगजनी र तोडफोड [फोटोफिचर]

स्थिति नियन्त्रणमा आए भए पनि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मीबाट निगरानी, प्रहरीमाथि नै ढुङ्गा प्रहार 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
sanothimi-balsudhar-griha-gangfight-82-10-9 (7).jpg

भादगाउँ । मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ । बाल सुधारगृहका दुई समूहबीच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको थियो । 

आपसमा झडप भएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोलीले सुधारगृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो ।
    
प्रहरी टोलीलाई झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेको थियो स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जना परिचालन भएका थिए । 

मध्यरातमा भक्तपुर र काठमाडौँका वारुणयन्त्रले  आगो निभाएका थिए । सुधारगृहमा भएको क्षतिको विवरण आउन बाँकी रहेको थिमि प्रहरी वृत्तले जनाएको छ । 

उक्त गृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना छन् । अहिले स्थिति नियन्त्रणमा आएको भए पनि त्यहाँ बाक्लो सङ्ख्यामा उपस्थित सुरक्षाकर्मीले निगरानी गरिरहेका छन् । 

प्रहरी माथि नै ढुङ्गा प्रहार भएको प्रहरीले जानकारी दिएको छ ।

sanothimi-balsudhar-griha-gangfight-82-10-9 (5).jpg
sanothimi-balsudhar-griha-gangfight-82-10-9 (6).jpg
sanothimi-balsudhar-griha-gangfight-82-10-9 (7).jpg
sanothimi-balsudhar-griha-gangfight-82-10-9 (8).jpg
sanothimi-balsudhar-griha-gangfight-82-10-9 (9).jpg
sanothimi-balsudhar-griha-gangfight-82-10-9 (10).jpg
sanothimi-balsudhar-griha-gangfight-82-10-9 (11).jpg
sanothimi-balsudhar-griha-gangfight-82-10-9 (12).jpg
sanothimi-balsudhar-griha-gangfight-82-10-9 (13).jpg
sanothimi-balsudhar-griha-gangfight-82-10-9 (14).jpg
sanothimi-balsudhar-griha-gangfight-82-10-9 (1).jpg
sanothimi-balsudhar-griha-gangfight-82-10-9 (2).jpg
sanothimi-balsudhar-griha-gangfight-82-10-9 (3).jpg
sanothimi-balsudhar-griha-gangfight-82-10-9 (4).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ