arrow

सरस्वती माता

logo
कविता गौतम,
प्रकाशित २०८२ माघ ९ शुक्रबार
kabita gautamऔ८२औ१०औ९.jpg

ज्ञानको दीप जलाऔं हामी
विद्याको मार्गमा कदम बढाऔं हामी 
सत्य र धैर्य हाम्रो साथ होस् 
सिर्जनात्मक सोचले जीवन उज्यालो होस् ।

शिक्षाको मूल्य, सस्कारको हाम्रो साथ होस् 
सरस्वती माताको आशीर्वाद सधैंव हामीलाई रहोस् 
विद्याको प्रकाशले हाम्रो जीवन सधैं उज्यालो बनोस् ।

मन र आत्मा सधैं उज्यालो रहोस् 
सपना पूरा गर्न साहस बढोस् 
कर्म र इमानदारिताले हाम्रो 
जीवन चम्काओस् 
ज्ञानको प्रकाशले अन्धकार हटाओस् ।

सबै मिली विद्या र सस्कारको दीप बालौँ 
सकारात्मक सोच, धैर्य र मेहनतका साथ
सन्सार उज्यालो, जीवन सफल बनाऔं ।

विद्याको शक्ति हाम्रो मार्गदर्शक होस् 
ज्ञानको प्रकाशले अन्धकार मेटाओस् 
समस्या र चुनौतीलाई अवसरको रुपमा लिन सिकौं 
सफलता र प्रगतिको बाटोमा दृढ भएर अगाडि बढौँ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ