arrow

काठमाडौँ-४ मा कांग्रेस उम्मेदवार

गगन थापालाई प्रधानमन्त्री बनाउन म बलियो मियो बन्नेछु : सचिन तिमल्सेना

युवा उद्यमीलाई दुई वर्ष कर छुट दिने सचिनको एजेन्डा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १७ शनिबार
sachin-timalsina.jpg

काठमाडौँ । नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सचिन तिमल्सेनाले देशमा रोजगारी र उद्यमशीलताको विकास नगरेसम्म युवा पलायन रोक्न नसकिने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले युवाहरूलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन आफूले कडा मेहनत गर्ने प्रतिबद्धता जनाए। 

यसअघि सोही क्षेत्रबाट निर्वाचित गगनकुमार थापा अहिले विशेष राजनीतिक मिसनमा रहेको टिप्पणी गर्दै उनले अबको पाँच वर्ष आफूले 'भरत' बनेर 'अयोध्या' रूपी यस क्षेत्रको अभिभावकत्व ग्रहण गर्ने जिकिर गरे। उनले आफू चुनाव जितेर संसद् छिरेपछि गगन थापालाई देशको प्रधानमन्त्री बनाउने महाअभियानको सबैभन्दा भरपर्दो खम्बाको रूपमा उभिने अठोट व्यक्त गरे।

तिमलसेनाले काठमाडौँ क्षेत्र नम्बर ४ ले देशलाई सधैँ अब्बल र सक्षम सांसद दिएको उल्लेख गर्दै स्थानीय खानेपानी र विकास निर्माणका समस्या समाधानमा आफ्नो पूर्ण ध्यान केन्द्रित हुने बताए। उनले युवा पलायनको डरलाग्दो अवस्थालाई चित्रण गर्दै भने, "यदि हामीले रोजगारी र उद्यमशीलतामा जोड दिएनौँ भने युवाहरू नेपालमा बस्नेवाला छैनन्।" आफ्नो क्षेत्रमा युवा रोजगारीका लागि विशेष योजना ल्याउने र रोजगारीकै खोजीमा विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न आफू लागिपर्ने उनले स्पष्ट पारे।

उम्मेदवार तिमलसेनाले युवाहरूलाई व्यवसायमा आकर्षित गर्न ठोस कानुनी व्यवस्थाको वकालत गर्ने योजना समेत सुनाए। उनले पहिलो पटक व्यापार व्यवसाय सुरु गर्ने नवयुवा उद्यमीहरूलाई सुरुका दुई वर्षसम्म कर छुट दिने किसिमको कानुन निर्माणका लागि आफूले संसद्मा सशक्त आवाज उठाउने दाबी गरे। युवाहरूको ऊर्जालाई उत्पादनसँग जोड्न सके मात्र क्षेत्र र देशको समृद्धि सम्भव हुने उनको तर्क छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ