arrow

प्रधानमन्त्री मोदीले प्रस्तुत गरे भारत–अरब साझेदारीको लागि आफ्नो दृष्टिकोण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १८ आइतबार
modi-arab-league-deligates.jpg

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँदिल्लीमा अरब लिगका विदेशमन्त्री र प्रतिनिधिमण्डलहरूलाई स्वागत गरेका छन् । दुई मुलुकबीचका कुटनीतिज्ञ र प्रतिनिधिमण्डलबीचको भेटमा व्यापार, प्रविधि र ऊर्जा जस्ता क्षेत्रहरूमा सहयोग बढाउने साझेदारीलाई नयाँ उचाइमा पुर्याउने उनले बताए ।

सामाजिक सञ्जाल एक्समा गरेको उक्त पोस्टमा उनले अरब संसारलाई भारतको विस्तारित छिमेकको एक हिस्साको संज्ञा दिँदै यो स्थायी भ्रातृत्व सम्बन्ध र शान्ति र स्थिरताको प्रतिबद्धताले जोडिएको बताए ।

उनले लेखेका छन्, “आज अरब लिगका विदेशमन्त्री र प्रतिनिधिमण्डलहरूलाई स्वागत गर्न पाउँदा खुशी छु। अरब जगत भारतको विस्तारित छिमेकको एक हिस्सा हो, जुन गहिरो सभ्यतागत सम्बन्धहरू, जनता–जनताबीचको जीवन्त सम्बन्ध र स्थायी भ्रातृत्वको सम्बन्धका साथै शान्ति, प्रगति र स्थिरताको लागि साझा प्रतिबद्धताद्वारा जोडिएको छ।”

“प्रविधि, ऊर्जा, व्यापार र नवप्रवर्तनमा बढ्दो सहयोगले नयाँ अवसरहरू खोल्ने र साझेदारीलाई नयाँ उचाइमा पु¥याउने विश्वास छ,” प्रधानमन्त्री मोदीले एक्समा उल्लेख गरेका छन् । 

भारत र अरब विदेशमन्त्रीहरूको दोस्रो बैठकका लागि यो प्रतिनिधिमण्डल भारतमा रहेको छ ।

प्रधानमन्त्री कार्यालयले शनिबार एक विज्ञप्ति जारी गरी भनेको छ, “प्रधानमन्त्री मोदीले भारत र अरब जगतबीचको गहिरो र ऐतिहासिक जनस्तरको सम्बन्धलाई उजागर गर्नुभयो, जसले वर्षौंदेखि हाम्रो सम्बन्धलाई थप प्रेरित र बलियो बनाएको छ।”

प्रधानमन्त्री मोदीले आगामी वर्षहरूमा भारत–अरब साझेदारीको लागि आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए । भारत र अरब क्षेत्रका जनताको पारस्परिक लाभको लागि व्यापार र लगानी, ऊर्जा, प्रविधि, स्वास्थ्य सेवा र अन्य प्राथमिकता क्षेत्रहरूमा सहयोगलाई अझ गहिरो बनाउने भारतको प्रतिबद्धतालाई यसले थप पुष्टि गरेको उनले भने । 

भेटमा उनले प्यालेस्टिनी जनतालाई भारतको निरन्तर समर्थन रहने कुरा दोहो¥याउनुभएको थियो भने गाजा शान्ति योजना सहित जारी शान्ति प्रयासहरूको स्वागत गरेका थिए । उनले क्षेत्रीय शान्ति र स्थिरता प्राप्तिका लागि अरब लिगले खेलेको महत्वपूर्ण भूमिकाप्रति आभार व्यक्त गरे । 

यस अघि भारत–अरब विदेशमन्त्रीहरूको दोस्रो बैठकमा मन्तव्य दिने क्रममा विदेशमन्त्री जयशंकरले कसरी भारत–अरब सहयोग मञ्चले सकारात्मक भावनाहरूलाई व्यावहारिक आकार दिने मञ्चको रूपमा काम गर्दछ भन्ने कुरा प्रकाश पारेका थिए ।

उनले भने, “हाम्रो बैठकले सन् २०२६–२८ मा यस्तो सहयोगको एजेन्डाको आँकलन गर्नेछ।” 

विदेशमन्त्री जयशंकरले अगाडि भने, “हाल यसले ऊर्जा, वातावरण, कृषि, पर्यटन, मानव संशाधन विकास, संस्कृति र शिक्षालाई समेट्छ । भारत डिजिटल, स्पेस, स्टार्ट–अप, इनोभेसन, आदि जस्ता सहयोगका अधिक समकालीन आयामहरूलाई समावेश गर्न तत्पर छ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ