arrow

टिसिएलले नेपाली बजारमा उच्च-गुणस्तरको टिभी सार्वजनिक, उन्नत प्रविधि र सहज मनोरञ्जनको सङ्गम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १९ सोमबार
cg-tcl-google-tv-feb-2026.jpg

काठमाडौँ। विश्वव्यापी रूपमा प्रतिष्ठित इलेकट्रोनिक्स निर्माता टिसिएलले अत्याधुनिक एस५के क्यूएलईडी गुगल टिभीको शृङ्खला नेपालको लागि सार्वजनिक गरेको छ। ३२-इन्च र ४३-इन्च आकारमा उपलब्ध यो टिभीले क्यूएलईडी प्रविधिको ज्वलन्त दिव्यानुभूति, एचभीए प्यानलको गहिरो कन्ट्रास्ट, डल्बी अडिओको समृद्ध ध्वनि, र गुगल टिभीको बुद्धिमान सुविधालाई एउटै ठाउँमा समेटेको छ, जसले आधुनिक नेपाली परिवार र युवाहरूको मनोरञ्जन आवश्यकतालाई पूरा गर्नेछ।

युवा, परिवार, र गेमरहरूको लागि अनुकूल:
टिसिएल एस५के क्यूएलईडी गुगल टीभीले विशेष गरी प्रिमियम मनोरञ्जनको खोजी गर्ने युवा पुस्ता, डिजिटल सामग्री र चलचित्र मन पर्ने परिवार, र स्मूद गेमिङ अनुभव चाहने गेमरहरूलाई लक्षित गरेको छ। यसको उन्नत विशेषताहरूले हरेक प्रयोगकर्ताको लागि व्यक्तिगत र अनुकूलित अनुभव सिर्जना गर्दछ।

प्रमुख विशेषताहरू:
क्यूएलईडी र एचभीए प्यानलको उत्कृष्ट मेल: क्वान्टम डट प्रविधिले प्राकृतिक र जीवन्त रङ्ग, भएको एचभीए प्यानलले ३एक्स बढी कन्ट्रास्ट र १७८° भन्दा बढीको व्यापक दृश्य कोण प्रदान गर्दछ। एचडीआर १० र एचएलजी सपोर्टले प्रत्येक दृश्यलाई यथार्थवादी बनाउँछ।

  • डल्बी अडिओको समृद्ध ध्वनि: २.० च्यानल स्पिकर सिस्टमले थिएटर-स्तरको ध्वनि अनुभूति दिन्छ।
  • गुगल टिभीको बुद्धिमान अनुभव: गुगल सहयोगी मार्फत भ्वाइस नियन्त्रण, हजारौँ एप्सको पहुँच, र द्रुत गेमिङ अनुभवका लागि गेम मोड सुविधा उपलब्ध छ।
  • स्टाइलिश मेटालिक डिजाइन: बेजल-लेस र मेटालिक फिनिस्ड डिजाइनले कुनै पनि आधुनिक रहनसहनमा सहजै मिल्छ।
  • पूर्ण कनेक्टिभिटी: बाइ-फाइ ४ (२.४जी + ५जी), ब्लुटुथ ५.०, दुई वटा एचडीएमआई पोर्ट, र यूएसबी २.० ले सबै उपकरणहरू जडान गर्न सहज बनाउँछ।
  • द्रुत प्रदर्शन: सिए५५*४ @१.१गिगाहर्ज प्रोसेसर, १ जीवी राम र ८ जीवी इन्टरनल स्टोरेजले सहज मल्टीटास्किङ सुनिश्चित गर्दछ।

टिसिएल एक अग्रणी विश्वव्यापी इलेकट्रोनिक्स ब्रान्ड हो जसले नवीनतम प्रविधि, गुणस्तर, र मूल्यलाई संयोजन गर्दै उच्चस्तरीय उपभोक्ता उत्पादनहरू डिजाइन र निर्माण गर्दछ। विश्वभर करोडौँ ग्राहकहरूको विश्वास जितेको यो ब्रान्ड लगातार मनोरञ्जन र दैनिक जीवनमा नवीनता ल्याइरहेको छ।

नेपालमा यस उत्पादनको अधिकृत वितरक सीजी इलेकट्रोनिक्स हो, जसले देशभर आफ्नो विस्तृत र विश्वसनीय वितरण नेटवर्क मार्फत टिसिएलको उत्पादनहरू पुर्‍याउने जिम्मेवारी बहन गरेको छ। गुणस्तर र ग्राहक सेवामा केन्द्रित सीजी इलेकट्रोनिक्सले नेपाली बजारलाई विश्व स्तरीय प्रविधि र उत्पादनसँग जोड्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ