arrow

पोल्याण्डमा जागिर लगाइदिने भन्दै ठग्ने दुई पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २० मंगलबार
pakrau9.jpg

पोखरा । कास्की प्रहरीले पोल्याण्ड पठाइदिने प्रलोभन देखाई ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं १९ लामाचौरकी ३४ वर्षीया कल्पना नहर्की पौडेल र मुगुको खप्तड गाउँपालिका वडा नं ११ स्थायी ठेगाना भई हाल पोखरा-६ बस्दै आएका २८ वर्षीय बीरेन्द्र रावत छन् ।

कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरीबहादुर बस्नेतका अनुसार उनीहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत होटल तथा विभिन्न कम्पनीमा रोजगारी लगाइदिने भन्दै सर्वसाधारणलाई ठगी गरेका हुन् ।

पौडेलले आफू कानून व्यवसायी भएको र श्रीमान् पोल्याण्डमा होटल सञ्चालन गरिरहेको भन्दै पीडितसँग रकम माग गरेको खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको डीएसपी बस्नेतले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ