arrow

स्मार्ट बटन र वाशप्लस सहित सेन्सेइको नयाँ वाशिङ मशीन सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २२ बिहिबार
cg-sensei-washing-machine-feb-2026.jpg

काठमाडौँ। आधुनिक प्रविधि, स्मार्ट डिजाइन र उच्च कार्यक्षमताको सशक्त संयोजन प्रस्तुत गर्दै सेन्सेइ ब्रान्डले आफ्नो नयाँ फ्रन्ट लोड वाशिङ मशीन (मोडल: एसडब्ल्यूएम१०एफएल३|१० केजी) नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। नेपालका लागि यस ब्रान्डको आधिकारिक वितरक सीजी इलेकट्रोनिक्स रहेको छ।

सीजी समूह अन्तर्गतको सेन्सेइ ब्रान्ड नेपालमा वाशिङ मशीन, रेफ्रिजरेटर, टेलिभिजन (टिभी) तथा अन्य होम अप्लायन्सहरू का लागि तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ। गुणस्तर, टिकाउपन र प्रयोगकर्ता–केन्द्रित प्रविधिका कारण सेन्सेइ उत्पादनहरूले नेपाली उपभोक्ताको विश्वास जित्दै आएका छन्।

नयाँ सेन्सेइ फ्रन्ट लोड वाशिङ मशीनमा जडान गरिएको बीएलडीसी इन्भर्टर मोटरले कम बिजुली खपत, न्यून आवाज र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ। १०केजी क्षमताको यो मेसिन मध्यमदेखि ठूलो परिवारका लागि उपयुक्त रहेको छ। यसमा स्टिम वास, द्रुत १५-मिनेट धुने, दाग उपचार, इको ४०-६०, अटो ड्रम क्लिन, १४०० आरपीएम स्पिन स्पिड, १६ वास प्रोग्रामहरू, लिड डिस्प्ले, चाइल्ड लक तथा ढिलाइ प्रकार्य जस्ता अत्याधुनिक सुविधाहरू समावेश गरिएका छन्। साथै, बीएलडीसी मोटरमा १० वर्षको वारेन्टी उपलब्ध गराइएको छ।

यस वाशिङ मशीनलाई बजारमा अझै विशिष्ट बनाउने मुख्य विशेषता यसको स्मार्ट बटन फंक्शन र वास+ फंक्शन हो, जुन यस मोडेलका लागि पूर्ण रूपमा युनिक फिचर का रूपमा प्रस्तुत गरिएको छ।

स्मार्ट बटन फंक्शनले प्रयोगकर्ताको धुलाई बानीलाई बुझेर आवश्यक सेटिङ स्वतः अनुकूल बनाउँछ, जसले धुलाई प्रक्रिया अझ सहज र स्मार्ट बनाउँछ। त्यस्तै, वास+ फंक्शनले कपडाको अवस्था अनुसार थप धुलाई समय वा प्रभावकारी सफाइ सुनिश्चित गर्दै कठिन दाग र गहिरो फोहोर हटाउन सहयोग गर्दछ।

सीजी इलेकट्रोनिक्सका अनुसार यो वाशिङ मशीन आधुनिक नेपाली घरपरिवारको व्यस्त जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको हो, जहाँ समयको बचत, ऊर्जा दक्षता र कपडाको उत्कृष्ट हेरचाह प्रमुख प्राथमिकता हुन्।

ग्राहकको खरिद अनुभवलाई अझ सहज बनाउन सीजी इलेकट्रोनिक्सले सेन्सेइ ब्रान्डका उत्पादनहरूमा ०% ईएमआई सुविधा, नागरिकताको आधारमा ईएमआई, साथै एक्चेन्ज सुविधा समेत उपलब्ध गराएको छ। यसले उपभोक्तालाई ठूलो आर्थिक बोझ बिना नै अत्याधुनिक होम अप्लायन्स आफ्नै घरमा भित्र्याउने अवसर प्रदान गर्दछ।

सेन्सेइ ब्रान्ड अन्तर्गतका वाशिङ मशीन , रेफ्रिजरेटर, टिभी तथा अन्य होम अप्लायन्सहरू नेपालभर सीजी इलेकट्रोनिक्सका आधिकारिक शोरूम तथा अधिकृत विक्रेतामार्फत उपलब्ध रहेका छन्।

सीजी इलेकट्रोनिक्सले “विश्वस्तरको प्रविधि, नेपाली घरका लागि” भन्ने दृष्टिकोणका साथ सेन्सेइ ब्रान्डलाई स्मार्ट, भरपर्दो र दीर्घकालीन मूल्य दिने होम अप्लायन्स ब्रान्डको रूपमा स्थापित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ