arrow

यसरी किचेको थियो रास्वपा उम्मेदवारको चुनावी प्रचारको गाडीले चार वर्षे बालिकालाई [भिडियो]

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०८२ माघ २३ शुक्रबार
rsp-car.jpg

रौतहट ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको ज्यान गएको छ । बालिकालाई ठक्कर दिएपछि गाडीमा सवार उम्मेदवार सगिर आलम र सवारी चालक घटनास्थलबाट फरार भएका थिए । 

रौतहट प्रहरीले गाडी नियन्त्रणमा लिएको  जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए  । जिल्लाको ईशनाथ नगरपालिका-४, मठिया टोलकी करिब ४ वर्षीया अलसा खातुनको सवारी दुर्घटनामा ज्यान गएको पुष्टि भएको छ । मृतक सोही स्थानका बासिन्दा शेख साजिरकी छोरी हुन् । 

बा. १५ च ४२४४ नम्बरको क्रेटा गाडीले बालिकालाई ठक्कर दिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीमाथि कानूनी कारबाही प्रक्रिया अघि बढाइने  प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ