arrow

शब्दाश नेपालले जित्यो राष्ट्रिय अवाकस च्याम्पियनशिपको उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २५ आइतबार
abacus-khel.jpg

काठमाडौँ। राष्ट्रिय स्तरीय अवाकस च्याम्पियनसिपको उपाधि शब्दाश नेपालले जितेका छन् ।

एलरोज एजुकेसनले शनिबार आयोजना गरेको प्रतियोगितामा देशभरका ८० भन्दा बढी विद्यालयबाट करिब एक सय ५० विद्यार्थी सहभागी भएका थिए ।

विद्यालयस्तरमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरू राष्ट्रिय प्रतिस्पर्धाका लागि छनोट भएका हुन् ।

तहगत प्रतिस्पर्धा अन्तर्गत फाउन्डेसन लेभलमा स्मारिका घिमिरे, लेभल १ मा रुमिना भण्डारी, लेभल २ मा सौगात श्रेष्ठ, लेभल ३ मा प्रिस्टन तामाङ, लेभल ४ मा सान्वी खकुरेल, लेभल ५ मा नेहारिका घिमिरे, लेभल ६ मा इप्सा लामिछाने, लेभल ७ मा श्रीग्या बज्राचार्य र लेभल ८ मा सब्रिना वैद्य विजयी भए ।

विजेताहरूले ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । एलरोज एजुकेसनकी निर्देशक लीरा पोखरेलले अवाकस शिक्षाले बालबालिकामा मानसिक गणना क्षमता बढाउने, एकाग्रता, तार्किक सोच, विश्लेषण क्षमता र आत्मविश्वास विकास गर्ने बताइन् ।

उनका अनुसार प्रतियोगिता सीपमूलक, व्यवहारिक र बालकेन्द्रित शिक्षण पद्धति प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

प्याब्सनका केन्द्रीय उपाध्यक्ष किशोर गौतमले यस्ता प्रतियोगिताले विद्यार्थीको मनोबल उच्च बनाउने र समग्र शैक्षिक विकासमा सकारात्मक प्रभाव पार्ने बताए ।

काठमाडौँको बुढानीलकण्ठ-१२, कापनमा रहेको एलरोज एजुकेशन प्रालि प्रमाणित अवाकस तथा मानसिक गणित तालिम प्रदान गर्ने संस्था हो ।

संस्था विश्व अवाकस तथा मानसिक गणित संघको काउन्सिल सदस्यसमेत रहेको छ ।

कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षाविद् तथा शैक्षिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ