arrow

पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २७ मंगलबार
shaivatatri-pashupati.jpg
तस्बिर : फाइल

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । कोषले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । कोषले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ । 

फागुन १ गतेदेखि ५ गतेसम्म महाशिवरात्रि पर्व सञ्चालन बारे जानकारी दिन बिहीबार दिउँसो ३ः३० बजे पत्रकार सम्मेलनको आयोजना गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुवासचन्द्र जोशीले जानकारी दिए । 

उनले भने, 'आज गुठी संस्थानले महाशिवरात्रि पर्वमा  साधुसन्तको सेवा, पूजा तथा व्यवस्थापनबारे जानकारी दिएको हो । आधिकारिक पत्रकार सम्मेलन पर्सी बिहीबार हो ।'

महाशिवरात्रि पर्व अवधिभर पशुपति क्षेत्रका मठ–मन्दिर तथा अखडाहरूमा उपस्थित साधुसन्तका लागि दाउरा, भोजन, पूजा सामग्री र दक्षिणाको व्यवस्था गर्ने उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ