काठमाडौँ । महाशिवरात्रि नजिकिएसँगै छिमेकी मुलुक भारतसँगै नेपालका विभिन्न ठाउँबाट नागा बाबा काठमाडौँ आउन थालेका छन् । सोही अवसरमा आज नागा बाबाहरु जन्तीसहित काठमाडौँ आएर पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका हुन् ।
जोगीका चार सम्प्रदाय सन्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्यासी अन्तर्गत पर्छन् । महाशिवरात्रिको अवसरमा काठमाडौँस्थित विश्व सम्पत्ति सूचीमा समावेश भएको पशुपति मन्दिरमा चारथरीका सम्प्रदायका बाबाहरू आउने गर्छन् ।
अहिले महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरका आवतजावत गर्ने भक्तजनहरूको संख्या वृद्धि भएको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा लागि व्यवस्थापनलाई तीव्रता दिएको छ ।