arrow

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ६ बुधबार
passport-depart-rahadani-bibhag.jpg

काठमाडौँ । सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले एक सार्वजनिक सूचना जारी गर्दै आज र भोलि सार्वजनिक बिदा भए पनि राहदानी वितरण र आवेदन संकलनका लागि कार्यालय खुला रहने जानकारी दिएको छ।

सरकारले आज ग्याल्पो ल्होसार र भोलि बिहीबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा देशभर सार्वजनिक बिदा दिएको छ। यी दुवै दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ।

विभागका अनुसार आज (बुधबार) राहदानी वितरणको सेवा मात्र प्रदान गरिनेछ। त्यस्तै, भोलि (बिहीबार) भने राहदानीका लागि आवेदन फारम संकलन गरिनेछ। राहदानी अत्यावश्यक सेवा भएकाले सर्वसाधारणको सहजताका लागि बिदाको दिन पनि कार्यालय खोल्ने निर्णय गरिएको विभागले स्पष्ट पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ