नेपालमा बढ्दो वायु प्रदूषणप्रति ब्ल्याक+डेकरको ध्यानाकर्षण, स्वच्छ र स्वस्थ वातावरणका लागि सिजी इलेकट्रोनिक्सको प्रतिबद्धता
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ७ बिहिबार
580
Shares
काठमाडौँ। पछिल्लो समय काठमाडौँ उपत्यका लगायत देशका प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर जोखिमपूर्ण रूपमा बढ्दै गइरहेको छ। विशेष गरी हिउँदे सुख्खायामको यस समयमा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) निरन्तर 'अस्वस्थकर' स्तर (आज १५० भन्दा माथि) पुगिरहेको सन्दर्भमा, सिजी इलेकट्रोनिक्स अन्तर्गतको ब्ल्याक+ डेकरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बदलिँदो मौसम, धुलो र धुवाँका कारण आम नागरिकको दैनिक जीवन र श्वासप्रश्वास स्वास्थ्यमा पर्न सक्ने प्रभावलाई लिएर कम्पनीले सजगता अपनाउन अनुरोध गरेको छ।
"सिजी इलेकट्रोनिक्स सधैँ आफ्ना ग्राहकहरूको स्वास्थ्य, सुरक्षा र जीवनस्तर उकास्ने कुरामा प्रतिबद्ध छ। बाह्य वातावरणको प्रदूषणलाई तत्काल नियन्त्रण गर्न सम्भव नभए पनि, हाम्रो घर र कार्यालयभित्रको हावालाई सुरक्षित र स्वच्छ राख्न सकिन्छ," सिजी इलेकट्रोनिक्सका आधिकारिक प्रवक्ताले बताए। "नागरिकहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै, हामीले घरभित्रको प्रदूषण व्यवस्थापनका लागि एक भरपर्दो र प्रभावकारी समाधानको रूपमा ब्ल्याक+डेकरको एयर प्युरिफायरहरू बजारमा उपलब्ध गराएका छौँ।"
बाहिरको प्रदूषित हावा र पीएम२.५ जस्ता सूक्ष्म कणहरूबाट बच्न सामान्य भेन्टिलेसन मात्र पर्याप्त हुँदैन। यसै आवश्यकतालाई मध्यनजर गर्दै ल्याइएको ब्ल्याक+डेकरको एपी३५६०-बी५ एयर प्युरिफायरले आकर्षक डिजाइन र शक्तिशाली ३-चरणको फिल्टरेसन प्रणालीको संयोजनमार्फत तपाईँले फेर्ने हरेक सासमा शुद्धता र ताजगी सुनिश्चित गर्छ। यसमा जडान गरिएको विशेष ३-चरणको सुरक्षा प्रणाली यस प्रकार छ:
प्रि-फिल्टर : यसले धुलो, कपाल र घरपालुवा जनावरको रौँ जस्ता ठूला कणहरूलाई कैद गर्छ। यसले भित्र रहेका गहिरा फिल्टरहरूलाई सुरक्षित राख्नुका साथै तिनीहरूको आयु बढाउन मद्दत गर्छ।
हेपा १३ फिल्टर : यो एउटा 'ट्रु हेपा' फिल्टर हो जसले हावामा रहेका ०.३ माइक्रोन सम्मका ९९.९७% सूक्ष्म कणहरू (जस्तै: परागकण, धुवाँ, मसिनो धुलो र एलर्जी गराउने तत्त्वहरू) लाई सोस्ने क्षमता राख्छ।
एक्टिभेटेड कार्बन फिल्टर : यसले दुर्गन्ध र हानिकारक भोलाटाइल अर्ग्यानिक कम्पाउन्डलाई सोस्छ।
बढ्दो प्रदूषणको यस समयमा, सिजी इलेकट्रोनिक्स सम्पूर्ण आम नागरिकलाई आवश्यक स्वास्थ्य सतर्कता अपनाउन र घरभित्रको वातावरणलाई स्वच्छ राख्न अनुरोध गर्दछ। ग्राहकको स्वास्थ्य र सहजतालाई ध्यानमा राखेर ल्याइएका ब्ल्याक+डेकरका एयर प्युरिफायरहरू नेपालभरका सिजी इलेकट्रोनिक्सका शोरुमहरू र आधिकारिक विक्रेताहरूमार्फत सहजै उपलब्ध छन्।