arrow

सिताके च्याउ र अकबरे खुर्सानी महँगियो, यस्तो छ अन्य तरकारीको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ८ शुक्रबार
vegetables-market.jpg

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फागुन ८ गतेका लागि कृषिउपजको नयाँ थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) को मूल्य प्रतिकिलो ७० रुपैयाँ तोकिएको छ भने स्थानीय सानो गोलभेँडाको मूल्य ४० रुपैयाँ कायम भएको छ।

त्यसैगरी टनेलमा उत्पादित सानो गोलभेँडाको ५५ रुपैयाँ र भारतीय तथा तराईको सानो गोलभेँडाको थोक मूल्य ५० रुपैयाँ निर्धारण गरिएको छ। तरकारीको मुख्य वस्तु मानिने रातो आलु प्रतिकिलो २६ रुपैयाँ र भारतीय रातो आलु २५ रुपैयाँमा पाइनेछ भने भारतीय सुकेको प्याजको मूल्य ३८ रुपैयाँ तोकिएको छ।

बजारमा स्थानीय गाजर ६० रुपैयाँ र तराईको गाजर ५० रुपैयाँ प्रतिकिलोमा उपलब्ध हुनेछ। बन्दाको हकमा स्थानीयको ५०, तराईको ३५ र नरिबल बन्दाको ४० रुपैयाँ मूल्य तोकिएको छ। स्थानीय र तराईको काउली समान ३५ रुपैयाँमा उपलब्ध हुँदा ज्यापू काउलीको मूल्य ५० रुपैयाँ पुगेको छ। 

सेतो मूला स्थानीयको १५ र हाइब्रिडको २० रुपैयाँ मूल्य कायम हुँदा भन्टा र मटरकोसाको मूल्य ५५ रुपैयाँ तोकिएको छ। सिमीको मूल्यमा केही वृद्धि देखिएको छ, जहाँ स्थानीय र राजमा सिमी १३० रुपैयाँ तथा हाइब्रिड सिमी १२० रुपैयाँ पुगेको छ। महँगो तरकारीमध्ये तिते करेला १८०, घिरौँला १४० र भिन्डी १२० रुपैयाँमा कारोबार भइरहेको छ।

सागसब्जी तर्फ रायो र तोरीको साग २५ रुपैयाँ, पालुङ्गो ३५, चमसुर ३० र मेथीको साग ४० रुपैयाँमा पाइनेछ। च्याउमा भने विविधता देखिएको छ, जहाँ कन्य च्याउ १४० रुपैयाँ हुँदा डल्ले च्याउ ५०० र सिताके च्याउको मूल्य १ हजार रुपैयाँसम्म पुगेको छ। फलफूलको बजारमा फुजी स्याउ ३०० र झोले स्याउ २५० रुपैयाँमा उपलब्ध छन्। 

केरा प्रतिदर्जन १९० रुपैयाँ, कागती २४०, अनार ३३० र कालो अङ्गुरको मूल्य ४०० रुपैयाँ कायम भएको छ। स्ट्रबेरी ५०० र एभोकाडो ३५० रुपैयाँ प्रतिकिलोमा विक्री भइरहेको छ। मसला र अन्य सामग्रीमा अदुवा १२० र नेपाली सुकेको लसुन २०० रुपैयाँमा पाइनेछ भने अकबरे खुर्सानीको मूल्य ९०० रुपैयाँ पुगेको छ। ताजा माछा तर्फ रहु ३४०, बचुवा २८० र छडी माछा २५० रुपैयाँमा उपलब्ध हुने समितिले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ