काठमाडौँमा दिउँसै घरभित्र पस्यो चितुवा, दुई घाइते, चितुवाको उद्धार
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १० आइतबार
828
Shares
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका-१० मनमैजुस्थित घरभित्र पसेको चितुवाको उद्धार गरिएको छ ।
काठमाडौँ डिभिजन वन कार्यालयको टोलीले ‘डार्ट’ गरेर चितुवाको उद्धार गरेको प्रहरीले जनाएको छ ।
आइतबार अपराह्न मनमैजु मन्दिर नजिकै घरमा पसेर दुई जनालाई घाइते बनाएको चितुवाको उद्धार गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
उनका अनुसार स्थानीय अनोजमणि अधिकारीको घरभित्र चितुवा पसेको चितुवाले स्थानीय दुलाल महर्जन र मायानाथ वाग्लेलाई आक्रमण गरेको थियो ।