arrow

आफ्नै कोठाभित्र युवती मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १३ बुधबार
death-picture.jpg

नवलपुर । नवलपरासीको गैँडाकोट नगरपालिका-२ शान्तिनगरमा सोमबार साँझ युवती मृतावस्थामा फेलापरेकी छन् । गुल्मी मुसिकोट गाउँपालिका-९ घर भई गैँडाकोट-२ मा डेरा गरी बस्दै आएकी करिब २४ वर्षीया बबिता सापकोटा आफ्नै कोठाभित्र चोटपटकसहित मृतावस्थामा फेलापरेकी प्रहरीले जनाएको छ ।

युवतीसँग सम्पर्क हुन नसकेको भन्दै उनका दाजुले घरबेटीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय गैँडाकोटमा खबर गरिएको थियो ।

स्थानीय जनप्रतिनिधि, घरबेटी र आफन्तको रोहवरमा बाहिरबाट लगाइएको ताल्चा खोलेर हेर्दा सापकोटा कोठाभित्र खाटमाथि सिरकले छोपिएको अवस्थामा मृत फेलापरेको प्रहरीले जनाएको छ ।

मृतक सापकोटाको करिब तीन वर्षअघि विवाह भएको र एक वर्षअघि सम्बन्धविच्छेद भएको बुझिएको छ । उनी हाल एक्लै बस्दै आएकी थिइन् ।

उनी गत १० फागुनमा गुल्मीबाट गैँडाकोटस्थित डेरामा फर्किएपछि माइती पक्षसँग सम्पर्कमा आएकी थिइन् । घटनाबारे अन्य विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ