arrow
ADVERTISEMENT

अन्य पार्टीबाट पाँच हजार ८५३ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १८ सोमबार
devraj-chalise-nc-18-11.jpg

काठमाडौँ। नेपाली कांग्रेसले अन्य पार्टीबाट पाँच हजार ८५३ नेता कार्यकर्ता पार्टी प्रवेश गरेको जनाएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पार्टीका प्रवक्ता देवराज चालिसेले अन्य पार्टीमा संलग्न पाँच हजार ८५३ जना कांग्रेसमा पार्टी प्रवेश गरेको जानकारी दिएका हुन् । घर फर्क अभियानअन्तर्गत पार्टी छाडेर अन्य पार्टीमा गएकाहरुसबै घर फर्किसकेको उनले बताए ।

उनले भने,‘पार्टीमा प्रवेश गर्ने नेतृत्वको संख्या करिब पाँच हजार ८५३ रहेको र समर्थकहरुको संख्या हजारौं रहेको छ । पार्टीले आह्वान गरेको घर फर्क अभियान अन्तर्गत पार्टी छाडेर अन्य पार्टीका गएका साथीहरू प्राय: सबै घर फर्किसकेका छन् । निष्क्रिय भएका साथीहरू पुनःसंगठित भइ सक्रिय हुने काम जारी छ ।’

उनले पार्टी नेतृत्वको अगुवाइमा सुदृढ प्रचार र जनताको अभूतपूर्व समर्थनले पार्टीलाई बहुमतको दिशातर्फ अगाडि बढाएको धारणा राखे । बदलिएको कांग्रेस, बदल्छौँ देश भन्ने नारा व्यवहारिक रूपमा सफल भएको उनको भनाइ छ ।

‘पार्टी नेतृत्वको अगुवाइमा सुदृढ प्रचार र जनताको अभूतपूर्व समर्थनले पार्टीलाई बहुमतको दिशातर्फ लैजाँदैछ । छोटो समयमा पार्टीले चालेको अभ्यास र नवयुवाहरूको परिवर्तनको चाहनालाई मूर्तरूप दिन सबै तहबाट प्राप्त साथले बदलिएको कांग्रेस, बदल्छौँ देश भन्ने हाम्रो नारा व्यवहारिक रूपमा सफल भएको छ,’ उनले भने ।

प्रवक्ता चालिसेले जनताले आशा गरेको स्थिर र जवाफदेही सरकार अब कांग्रेसको नेतृत्वमा बन्ने दाबी गरे ।

निर्वाचनको निष्पक्षताका विषयमा सरकारको कामलाई गहिरो रूपमा कांग्रेसले अध्ययन गरिरहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ