-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। सरकारको प्रथम महिला मुख्यसचिव लीलादेवी गड्तौलाले सरकारी सोवामा महिलाको लागि अवसर कम हुने गरेको बताएकी छन् ।
आइतबार ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा उनले धेरैजसो सरकारी सोवामा महिलको लागि अवसर कम हुने गरेको बताइन् ।
उनले आफूलाई सरकारी जागिरले आफूलाई ठूलो स्वरमा बोल्न र बिद्रोह गर्न सिकाएको बताइन् ।
उनले भनिन्, ‘सरकारी जागीरले महिला भएर अरुको कुरामा दबिएर बस्ने मात्र होइन् ठूलो स्वरमा बोल्न पनि सिकायो बिद्रोह गर्ने पनि सिकायो।’
उनले केही सरकारी पदमा महिलालाई राख्नुपर्छ भन्दा सरकारी पदमा पुग्ने उच्च कर्मचारी हरुले नै बिरोध गर्ने गरेको उनले उल्लेख गरिन् ।