arrow

धनुषा १ को नतिजा सार्वजनिक नगर्न आयोगको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
election-commision-09-13.jpg

जनकपुर । धनुषाको क्षेत्र नम्बर १ मा उम्मेद्वारी दिएका रास्वपाका किशोरी साह कमलको उम्मेद्वारी खारेज रहेको अवस्थामा उनले २० हजार भन्दा बढी मत प्राप्त गरेका छन् ।

साहविरुद्ध फागुन १० गते निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । साहको स्वामित्वमा रहेको कमल निर्माण सेवा कालोसूचीमा रहेको भन्दै उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले फागुन ११ गते उजुरी निर्वाचन आयोगमा पठाएको थियो ।

आयोगले फागुन १४ गते साहसँग स्पष्टीकरण मागेको थियो भने १८ गते उनको उम्मेद्वारी खारेज गर्ने निर्णय गरेको थियो ।

मतपत्र छपाइ भइसकेकाले उनको उम्मेद्वारीको चिन्ह भने यथावत नै रह्यो । अहिले मतगणना कार्य चलिरहँदा घण्टी चिह्नमा २० हजार ९१६ मत परेको छ ।

उम्मेद्वारी खारेज भए पनि धेरै मत परेपछि निर्वाचन आयोगले सूचना जारी गर्दै मतगणनाको परिणाम सार्वजनिक नगर्न निर्देशन दिएको छ । योसंगै उक्त क्षेत्रको मतगणना अन्योलमा परेको छ ।

रास्वपा पछि उक्त क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मातृकाप्रसाद यादवले अन्तिम मतगणना सार्वजनिक भएअनुसार सात हजार ५६६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रामपल्टन साह सात हजार ४२८ प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ