arrow

समानुपातिकमा कुल मतको झण्डै आधा हिस्सा 'रास्वपा' लाई : कांग्रेस, एमालेको कति ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २६ मंगलबार
election-result-samanupatik.jpg

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब ५० प्रतिशत मत प्राप्त गर्दै ऐतिहासिक अग्रता कायम गरेको छ। फागुन २१ मा सम्पन्न निर्वाचनको आज बिहान ७:०० सम्मको विवरणअनुसार कुल एक करोड दुई लाख ८८ हजार ८४१ मतगणना सम्पन्न भएको छ।

निर्वाचन आयोगका अनुसार रास्वपाले सबैभन्दा बढी ४९ लाख ४६ हजार ७२८ मत प्राप्त गरेको छ। यो कुल गणना भएको मतको करिब ४८ प्रतिशत हुन आउँछ। यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ७३ हजार ७०४ मत प्राप्त गरेको छ।

तेस्रो स्थानमा रहेको नेकपा (एमाले) ले १३ लाख १३,८९ हजार ६०९ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ५२ हजार ६०२ मत पाएको छ। नयाँ शक्तिका रूपमा उदाएको श्रम संस्कृति पार्टीले ३ लाख ४७ हजार ७६० मत ल्याएर पाँचौँ स्थान सुरक्षित गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २२ हजार ४४९  मत प्राप्त गरेको निर्वाचन आयोगले जानकारी दियो।

अहिले पनि विभिन्न स्थानमा मतगणना जारी छ। हालसम्मको यो रुझानले नयाँ दलहरूको पक्षमा जनलहर देखिएको र पुराना ठूला दलहरूको जनमत निकै खुम्चिएको राजनीतिक विश्लेषकहरूले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ