arrow

रामेश्वरको इमानः अर्थमन्त्रीको कुर्सीमै रहँदै बुझाए कूटनीतिक पासपोर्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २६ मंगलबार
rameshwor-khanal-82-11-26.jpg

काठमाडौँ । चुनावी सरकारका अर्थमन्त्री रामेश्वर खनालले रातो पासपोर्ट फिर्ता गरेका छन् । अन्तरिम चुनावी सरकारको मिति सकिँदै गरदा मंगलबार अर्थमन्त्री खनालले प्रयोजन सकिएको बताउँदै उक्त पासपोर्ट फिर्ताका लागि प्रशासन महाशाखामा बुझाएका हुन् ।

‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कुटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु राहदानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु,’ उनले लेखेको पत्रमा उल्लेख छ ।

उनले आफू बिदाइको चरणमा रहेकोसमेत उल्लेख गरेका छन् । पूर्व इमानदार प्रशासक भनेर कहलिएका रामेश्वरले राज्यलाई ठूलो भार नपारिकनै प्रतिनिधि सभा निर्वाचनको खर्च जुटाउन सफल भएका हुन् । 

उनले आफू छोटो अवधिका लागि विशेष परिस्थितिमा सत्तामा रहेको भन्दै अत्यावश्यक बाहेकका कुनै पनि सुबिधा लिएका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ