इरानले गर्यो ठूलो आक्रमण, अमेरिकी सैन्य अड्डाहरूमा ब्यालिस्टिक मिसाइल प्रहार
सम्भावित निशानाको सूचीमा गुगल, अमेजन, माइक्रोसफ्ट, एनभिडिया, आईबीएम र ओरेकल जस्ता कम्पनीहरू
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २७ बुधबार
2.2k
Shares
तस्बिर : इजरायलले मंगलबार राति बेरुतमा रहेको इरान समर्थक हिज्बुल्लाह अड्डाहरूमा गरेको आक्रमण ।
काठमाडौँ । इरानसँग अमेरिका-इजरायल युद्धको १२ औँ दिन हो। इरानले इजरायलविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको दाबी गरेको छ। रिपोर्टका अनुसार इरानले इजरायल र मध्य पूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ।
इरानी मिडिया रिपोर्टले इरानले इजरायल, दुबई र अबुधाबीमा रहेका अमेरिकी प्राविधिक कम्पनीहरूको कार्यालय र डाटा सेन्टरहरूलाई पनि लक्षित गर्न सक्ने बताएको छ।
सम्भावित निशानाको सूचीमा गुगल, अमेजन, माइक्रोसफ्ट, एनभिडिया, आईबीएम र ओरेकल जस्ता कम्पनीहरू उल्लेख गरिएको छ।
यसैबीच संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आज एक प्रस्तावमा मतदान गर्दैछ। यसमा इरानलाई बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया, युएई र जोर्डनमा आक्रमण रोक्न भनिएको छ।
१२ दिनसम्म कम्तीमा १७ सयको ज्यान गएको छ । जसमा सबैभन्दा बढी इरानमा १२ सय ५५ जनाको ज्यान गएको छ ।
त्यस्तै लेबनानमा ३९४ जनाले ज्यान गुमाएका छन् । इजरायलमा १३ जनाको ज्यान गएको छ ।