गर्मीलाई भगाऔं, निःशुल्क एसी सर्भिसिङ गराऔं : टीसीएल नेपालले विशेष अभियान
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २८ बिहिबार
702
Shares
काठमाडौं। गर्मी मौसम सुरु हुनुअघि नै ग्राहकलाई राहत दिन टीसीएल नेपालले ‘निःशुल्क एसी सर्भिसिङ अभियान’ र आकर्षक एक्सचेन्ज योजना सार्वजनिक गरेको छ। यो अभियान फागुन २४ गतेदेखि सीमित अवधिका लागि देशभर लागू भएको छ।
अभियानको मुख्य विशेषता भने जुनसुकै ब्रान्डको एसीमा पूर्ण निःशुल्क सर्भिसिङ हो। ग्राहकले आफ्नो घरमा रहेको पुरानो एसीको जाँच र मर्मत सेवा शुल्कबिना नै गराउन सक्नेछन्। यसबाहेक पुरानो एसी साटेर नयाँ टीसीएल एसी खरिद गर्दा विगतभन्दा ५० प्रतिशतसम्म बढी मूल्यांकन पाइने भएको छ। नयाँ एसी खरिदमा २० प्रतिशतसम्मको विशेष छुटसमेत उपलब्ध छ।
मर्मतका क्रममा स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुट
ग्राहकले यो अभियानमा सहभागी हुन टोल-फ्री नम्बर १६६-००-१००-२११ वा १६६-००-१०२-२११ मा सम्पर्क गर्न सक्नेछन्। साथै आधिकारिक वेबसाइट https://cgelex.com/ मा गई आफ्नो पुरानो एसीको मूल्य आँकलन गर्न सकिनेछ। रजिस्ट्रेशन पछि टीसीएलको टेक्निसियन घरमै पुगेर सेवा प्रदान गर्नेछन्।
यो योजना कम्पनीका नियम तथा शर्तहरूमा आधारित छ र सीमित अवधिका लागि मात्र लागू हुनेछ। टीसीएल नेपालले गुणस्तरीय उत्पादन र उत्कृष्ट सेवामार्फत ग्राहकलाई गर्मीको मौसममा पूर्ण तयारी गर्न सहयोग पुर्याउने विश्वास लिएको छ।
अब गर्मीको पीकमा एसी बिग्रने चिन्ता नगर्नुहोस् – टीसीएलको यो विशेष अभियानमार्फत निःशुल्क सर्भिसिङ र आकर्षक छुटको लाभ लिनुहोस् !