गर्मी आउनुअघि नै एसी तयार पार्नुहोस् : बेकोले ल्यायो निःशुल्क एसी सेवा शिविर र विशेष साटपाट योजना
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २९ शुक्रबार
655
Shares
काठमाडौँ। अन्तर्राष्ट्रिय होम एप्लायन्स ब्रान्ड बेकोले नेपालमा ग्राहक केन्द्रित विशेष निःशुल्क एसी सेवा शिविर अभियान सार्वजनिक गरेको छ। सीजी इलेकट्रोनिक्स मार्फत सञ्चालन हुने यो अभियानले गर्मी मौसम सुरु हुनुअघि नै ग्राहकहरूको एयर कन्डिसनरलाई उत्कृष्ट अवस्थामा राख्ने र नयाँ प्रविधियुक्त एसीमा अपग्रेड गर्ने सुनौलो अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।
अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो एसीको निःशुल्क जाँच तथा सेवा सुविधा प्राप्त गर्न सक्नेछन्। अधिकृत प्राविधिक टोलीद्वारा गरिने यो सेवाले नियमित मर्मतबाट एसीको चिसोपन क्षमता बढाउनुका साथै उपकरणको आयु लम्ब्याउने पनि कम्पनीले जनाएको छ।
योजनाका प्रमुख आकर्षणहरू :
सेवा शुल्क पूर्ण रूपमा निःशुल्क
पार्टपुर्जामा ५०% सम्म छुट
नयाँ बेको एसी खरिदमा २०% सम्म विशेष छुट
अभियानको अर्को ठूलो आकर्षण भने साटपाट योजना हो। ग्राहकले जुनसुकै ब्रान्डको पुरानो एसी साटेर नयाँ बेको एसी खरिद गर्दा ५०% सम्म अतिरिक्त मूल्याङ्कन पाउन सक्नेछन्। यसले कम खर्चमा आधुनिक र ऊर्जा–दक्ष एसी प्रयोग गर्ने अवसर दिनेछ।
थप सुविधाहरू :
नयाँ बेको एसीमा रु. ४,००० बराबरको निःशुल्क जडान सेवा
रु. ३,००० बराबरका दुई वटा सेवा प्रमाणपत्र (६ महिनासम्म मान्य)
बेको ब्रान्ड विश्वभर आधुनिक डिजाइन, ऊर्जा दक्षता र भरपर्दो प्रविधिका लागि प्रसिद्ध छ। यसका एसी हरूले उच्च कार्यक्षमता, आरामदायी चिसोपन अनुभव र दीर्घकालीन विश्वसनीयता प्रदान गर्दछन्।
खरिद प्रक्रिया अझ सहज बनाउन सीजी इलेकट्रोनिक्सले सीजीएक्स इलेक्स मार्फत सजिलो किस्ताबन्दी सुविधा पनि उपलब्ध गराएको छ।
यो अभियानमा सहभागी हुन ग्राहकहरूले सीजी केयरको आधिकारिक क्युआर कोड स्क्यान गर्न सक्नुहुन्छ वा सेवा हटलाइन १६६-००-१०२-२११, १६६-००-१००-२११ तथा ०१-५९७०१२२ मा सम्पर्क गरी दर्ता गर्न सकिने कम्पनीले जनाएको छ।
बेकोले नेपालभरका ग्राहकलाई गुणस्तरीय सेवा, उन्नत चिसोपन प्रविधि र ग्राहक–मैत्री समाधान उपलब्ध गराउने आफ्नो प्रतिबद्धता यस अभियानमार्फत पुनः दोहोर्याएको छ।