बालेनलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन र समानुपातिक उम्मेदवार सिफारिस गर्न सचिवालय बैठक
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३० शनिबार
3k
Shares
तस्बिर : फाइल
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न शनिबारलाई डाकिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबारलाई सारिएको छ ।
सभापति रवि लामिछानेको अस्वस्थताका कारण यसअघि शनिबार बस्ने भनिएको सचिवालय बैठक आइतबार बिहानका लागि सारिएको जनाइएको छ ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा मुख्य रूपमा छलफल हुने छ ।
त्यस्तै समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी विषयमा केन्द्रित हुने बैठकले वरिष्ठ नेता वालेन्द्र साह बालेनलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन पार्टी विधान संशोधन र विविध विषयमा पनि छलफल गर्ने भएको छ ।
रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर निर्वाचनमा झण्डै दुई तिहाई सिट जितेको छ ।