arrow

इनिशा हत्याकाण्डको विरोधमा माइतीघरमा प्रदर्शन

बलात्कार र हत्याजस्ता जघन्य अपराधमा संलग्नहरूलाई फाँसीको सजाय दिने गरी कडा कानून निर्माण गर्न सरकारलाई दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३० शनिबार
maitighat-pardarsan-isika.jpg

काठमाडौँ । सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिशा विकको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनाले देशैभर आक्रोश पैदा गरेको छ। यसै सिलसिलामा पीडितलाई न्याय र दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा शनिबार पनि विरोध प्रदर्शन गरिएको छ।

प्रदर्शनमा सहभागीहरूले बलात्कार र हत्याजस्ता जघन्य अपराधमा संलग्नहरूलाई फाँसीको सजाय दिने गरी कडा कानून निर्माण गर्न सरकारलाई दबाब दिएका छन् ।

सामाजिक अभियन्ता कविता चन्द सोडारीले यस्ता क्रूर घटनाहरू दोहोरिन नदिन र अपराधीलाई हदैसम्मको सजाय दिलाउन आफूहरूले अभियान सुरु गरेको बताएकी छन्। 

प्रदर्शनकारीहरूले ‘इनिसालाई न्याय देऊ’, ‘बालिकामाथि हुने बलात्कार, हिंसा र हत्या बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले महिला र बालबालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि विद्यमान कानुनलाई थप मजबुत र प्रभावकारी बनाउनुपर्ने धारणा राखेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ