गोलभेँडा र प्याजको मूल्य स्थिर, फलफूल र माछाको दरभाउ यस्तो छ
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १ आइतबार
691
Shares
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत १ गतेका लागि कृषिउपजको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ। समितिको विवरणअनुसार काठमाडौँ उपत्यकामा खपत हुने विभिन्न तरकारी, फलफूल र माछाको दरभाउमा केही उतारचढाव देखिएको छ।
समितिले भारतीय ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो ८० रुपैयाँ तोकेको छ भने स्थानीय सानो गोलभेँडा ४५ रुपैयाँ र तराईको सानो गोलभेँडा ६० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, रातो आलु प्रतिकिलो २२ र सुकेको प्याज (भारतीय) ३६ रुपैयाँ कायम गरिएको छ। सागपाततर्फ रायोको साग ६० रुपैयाँ, पालुङ्गो र चमसुर ९०/९० रुपैयाँ तथा मेथीको साग ९० रुपैयाँमा बिक्री भइरहेको छ। महँगो तरकारीको रूपमा चिनिने कुरिलो ५०० रुपैयाँ र कोइरालो ३२० रुपैयाँमा थोक बिक्री भइरहेको छ भने च्याउ (डल्ले) को मूल्य ४०० रुपैयाँ पुगेको छ।
फलफूलतर्फ स्याउ (झोले) २५० र फुजी ३०० रुपैयाँमा पाइन्छ। केरा प्रतिदर्जन २०० रुपैयाँ, कागती प्रतिकिलो २६० र अनार ३२० रुपैयाँ कायम गरिएको छ। गर्मी सिजन सुरु भएसँगै तरबुजा प्रतिकिलो ६० रुपैयाँ र काँक्रो (लोकल) ६० रुपैयाँमा बिक्री भइरहेको छ। त्यसैगरी किबी, स्ट्रबेरी र एभोकाडोको मूल्य समान ४०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
अदुवाको थोक मूल्य ११० रुपैयाँ छ भने हरियो खुर्सानी १०० रुपैयाँ र भेडे खुर्सानी १०० रुपैयाँमा उपलब्ध छ। अकबरे खुर्सानी भने उच्च दरमा अर्थात् प्रतिकिलो ९०० रुपैयाँ पुगेको छ। सुकेको लसुन (चाइनिज) २६० र नेपाली २०० रुपैयाँ तोकिएको छ। माछातर्फ रहु ३५० रुपैयाँ र छडी माछा २५० रुपैयाँमा बिक्री भइरहेको समितिले जनाएको छ।