ग्यास आपूर्ति अनिश्चितताको बीच वैकल्पिक समाधान : माइडियाका पाँच मोडलका इन्डक्सन हब नेपाली बजारमा
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १ आइतबार
684
Shares
ग्यास आपूर्ति अनिश्चितताको बीच वैकल्पिक समाधान : माइडियाका पाँच मोडलका इन्डक्सन हब नेपाली बजारमाकाठमाडौँ। पछिल्लो समय मध्यपूर्व क्षेत्रमा बढ्दो भू–राजनीतिक तनाव र इजरायल–अमेरिका तथा इरानबीचको सैन्य द्वन्द्वका कारण विश्वभर ऊर्जा आपूर्ति प्रणालीमा असर परेको छ। विशेष गरी तेल तथा ग्यास ढुवानी हुने प्रमुख समुद्री मार्गहरूमा अवरोध देखिँदा अन्तर्राष्ट्रिय बजारमा इन्धन आपूर्ति अस्थिर हुने चिन्ता बढेको छ। यसको प्रभाव दक्षिण एसिया सहित नेपालमा पनि देखिन थालेको छ, जहाँ उपभोक्ताहरूले खाना पकाउने ग्यासको उपलब्धताबारे चिन्ता व्यक्त गर्न थालेका छन्।
नेपाल पूर्ण रूपमा आयातमा निर्भर रहेको कारण अन्तर्राष्ट्रिय ऊर्जा बजारमा हुने उतारचढावले यहाँको आपूर्ति प्रणालीमा प्रत्यक्ष प्रभाव पार्न सक्छ। पछिल्ला दिनहरूमा ग्यास डिपो र पसलहरूमा उपभोक्ताको भीड बढ्नु तथा आपूर्ति अस्थिर हुने आशङ्काले वैकल्पिक खाना पकाउने उपकरणप्रति चासो बढ्दै गएको देखिन्छ।
यस्तो अवस्थामा अन्तर्राष्ट्रिय होम एप्लायन्स ब्रान्ड माइडियाले आधुनिक प्रविधिमा आधारित इन्डक्सन हब लाई ग्यासको प्रभावकारी वैकल्पिक समाधानका रूपमा नेपाली बजारमा उपलब्ध गराएको जनाएको छ। विद्युतीय चुम्बकीय प्रविधिमा सञ्चालन हुने इन्डक्सन हबले छिटो, सुरक्षित तथा ऊर्जा-दक्ष तरिकाले खाना पकाउन मद्दत गर्ने कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार माइडियाका इन्डक्सन हबहरूमा टच नियन्त्रण तथा पुश बटन नियन्त्रण प्रणाली, ठूलो कुकिङ जोन, तापक्रमको विभिन्न स्तरमा नियन्त्रण गर्न सकिने सुविधा, टाइमर सेटिङ, ऊर्जा बचत प्रविधि, ओभरहिटिङ सुरक्षा तथा मल्टी सुरक्षा प्रणाली जस्ता आधुनिक प्रविधिहरू समावेश गरिएको छ। कम आवाजमा सञ्चालन हुने डिजाइन र विभिन्न प्रकारका भाँडाहरू प्रयोग गर्न मिल्ने संरचनाले दैनिक प्रयोगका लागि यसलाई अझ सहज बनाउने कम्पनीले जनाएको छ।
नेपाली बजारमा हाल एमसी-सीएलसी२२डब्ल्यू१५, एमसी-भीएस२१३आर-ईएमसी, आरटीवाई२०१४, सल्काई१९१४ तथा एमसी-३डी३००१आर२१२ गरी पाँच फरक मोडलका माइडिया इन्डक्सन हब उपलब्ध छन्। यी मोडलहरू फरक-फरक पावर क्षमतासहित उपलब्ध छन् र सबै उत्पादनमा २४ महिनाको वारेन्टी प्रदान गरिएको कम्पनीले जनाएको छ।
नेपालमा माइडिया का होम एप्लायन्सहरू सीजी इलेकट्रोनिक्स मार्फत आधिकारिक रूपमा उपलब्ध छन्। चौधरी ग्रुप अन्तर्गत सञ्चालनमा रहेको सीजी इलेकट्रोनिक्स नेपालकै अग्रणी इलेकट्रोनिक्स वितरक कम्पनीमध्ये एक हो, जसले अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय घरेलु उपकरणहरू नेपाली उपभोक्तामाझ उपलब्ध गराउँदै आएको छ।
बढ्दो ऊर्जा चुनौतीका बीच सुरक्षित, छिटो र ऊर्जा-दक्ष प्रविधिको प्रयोग बढाउँदै लैजानुपर्ने आवश्यकता बढिरहेका बेला माइडिया इन्डक्सन हब आधुनिक नेपाली भान्साका लागि प्रभावकारी विकल्प बन्न सक्ने कम्पनीले जनाएको छ। यी उत्पादनहरू सीजी इलेकट्रोनिक्सका शोरूम तथा देशभरका प्रमुख इलेकट्रोनिक्स पसलहरूमा उपलब्ध छन्।