ग्यास सङ्कट : सीजीका साना घरायसी उपकरणले ल्यायो ८ अत्याधुनिक कुकटप, ‘ग्लास’ मा २ वर्षको वारेन्टी
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १ आइतबार
730
Shares
काठमाडौँ। मध्यपूर्व एसियामा बढ्दै गएको भूराजनीतिक अस्थिरताका कारण विश्वभर ऊर्जा आपूर्ति शृङ्खला प्रभावित भएको छ। यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिन थालेको छ, जहाँ खाना पकाउने ग्यासको आपूर्तिमा अनिश्चितता र अभाव सिर्जना हुन थालेको छ। यही गम्भीर अवस्थालाई ध्यानमा राख्दै नेपालको अग्रणी ब्रान्ड सीजीका साना घरायसी उपकरणले ग्यासको परनिर्भरता तोड्ने लक्ष्यसहित ८ वटा अत्याधुनिक कुकटप मोडल बजारमा सार्वजनिक गरेको छ। स्वदेशी जलविद्युतको प्रयोगलाई बढवा दिने यी उपकरण उच्च प्रविधि र सुरक्षासहितका छन्।
सीजीले उपभोक्ताको आवश्यकता र भान्सामा रहेका विभिन्न भाँडाकुँडालाई ध्यानमा राख्दै तीन विधामा ८ वटा फरक मोडल प्रस्तुत गरेको छ :
५ वटा इन्डक्सन कुकटप मोडल : तीव्र गतिमा खाना पकाउने र उच्च ऊर्जा बचतका लागि।
२ वटा इन्फ्रारेड कुकटप मोडल : जस्तोसुकै धातुका भाँडा (स्टिल, आल्मुनियम, तामा, पित्तल वा माटोका) सहजै प्रयोग गर्न मिल्ने।
१ वटा हाइब्रिड कुकटप मोडल : एउटै उपकरणमा इन्डक्सन र इन्फ्रारेड दुवैको सुविधा।
यी कुकटपहरूमा विश्व स्तरीय आधुनिक सुविधाहरू जडान गरिएका छन्, जसले खाना पकाउने अनुभवलाई सुरक्षित र विलासी बनाउँछन् :
उच्च गुणस्तरको आईजीबीटी : उपकरणको मुटु मानिने यो प्रविधिले भोल्टेजको उतारचढावलाई सन्तुलनमा राख्दै लामो समयसम्म टिकाउपन सुनिश्चित गर्छ।
उच्च ग्रेड क्रिस्टल ग्लास : अत्यन्त बलियो र ताप प्रतिरोधी क्रिस्टल ग्लासको प्रयोगले भान्सालाई प्रिमियम लुक दिन्छ।
टच/पुश बटन कार्य : सहज र आधुनिक प्रयोगका लागि फेदर टच डिजिटल प्यानल उपलब्ध छ।
सीजीले आफ्ना उत्पादनको गुणस्तरमा पूर्ण विश्वास राखेर ग्राहकलाई निम्न वारेन्टी सुविधा दिएको छ :
सबै ८ वटै मोडलमा १२ महिनाको पूर्ण वारेन्टी।
कुकटपको सिसा (ग्लास) फुटेमा वा समस्या आएमा २ वर्षको विशेष वारेन्टी – यो नेपाली बजारमा एक उदाहरणीय सेवा हो।
४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेकट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेकट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौँ नेपाली परिवारको विश्वास जितेको छ। देशभर २१ वटा आधुनिक शोरुम र ४० वटा सेवा केन्द्र मार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ। साथै, ग्राहकको सुविधाका लागि आधिकारिक वेबसाइट www.cgdigital.com.np मार्फत अनलाइन बिक्री सेवा पनि उपलब्ध छ।
अब ग्यास अभावको चिन्ता नगर्नुहोस् – सीजीका यी अत्याधुनिक कुकटपले तपाईँको भान्सालाई सुरक्षित, छिटो र ऊर्जा–दक्ष बनाउने छन्। यी मोडलहरू सीजीका शोरूम तथा देशभरका प्रमुख इलेकट्रोनिक्स पसलहरूमा उपलब्ध छन्।