arrow

राष्ट्रिय वाणिज्य बैंकमा थप विशेषता सहितको मानव संशाधन व्यवस्थापन प्रणाली लागू  

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १ आइतबार
Rastriya-Banijya-Bank.jpg

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकमा आजदेखि थप विशेषता सहितको मानव संशाधन व्यवस्थापन प्रणाली लागू भएको छ । यो प्रणाली (ह्युमन रिसोर्स म्यानेजमेन्ट सिस्टम –एचआरएमएस) लागू भएसँगै अब बैंकका सबै कर्मचारीको काम र विवरण पारदर्शी र व्यवस्थित हुनेछ । 

मानव संशाधन विभागका उपप्रमुख हरिबाबु आचार्यले अहिलेको डिजिटल संसारमा प्रविधिमैत्री भएर अगाडि बढ्नु पर्ने भएकाले बैंक परिस्कृत भएर नयाँ प्रणालीमा आबद्ध भएको बताए । 

उनले अब कर्मचारीको कामदेखि तलबमान, मूल्याङ्कन, सरुवा, बढुवा लगायतका कर्मचारीसँग सम्बन्धित सबै गतिविधि एचआरएमएसमा समेटिएको बताए । 

रजिष्टरमा हाजिरी गर्ने पुरानो पद्धतिलाई बैंकले २०७२ साल साउन १ गतेदेखि बायोमेट्रिक प्रणालीमा बदलेको थियो । अब भने थप विकसित रूपमा प्रवेश गरेको आचार्यले बताए । 

गत असार मसान्तसम्म राष्ट्रिय वाणिज्य बैंकमा तीन हजार ३८ जना कार्यरत थिए । जसमा स्थायी दुई हजार ९०८ तथा अस्थायी १२५ जना रहेका छन् । 

आवश्यकता तीन हजार ३०९ जनाको भए पनि बाँकी संख्याको पदपूर्तिको प्रक्रियामा रहेको उपप्रमुख आचार्यले बताए । 

उनले हालैमात्र चौथो तहका ६२ जना कर्मचारीको पदपूर्तिको लागि खुला विज्ञापन भइसकेको र बाँकी पदपूर्ति गर्ने काम प्रक्रियामा रहेको बताए । 

वाणिज्य बैंकका देशभर ३१३ शाखा रहेका छन् ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ