arrow

बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखहरूलाई अर्थमन्त्रीले खनालले दिए धन्यवाद

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २ सोमबार
rameshwor-khanal-bishwa-poudel-82-12-2.jpg

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखहरूबीच छलफल भएको छ । अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराल समेतको उपस्थिति रहेको मन्त्रालयमा भएको उक्त भेटघाटमा नियामक निकायहरुको तर्फबाट नेपाल राष्ट्र बैकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको सहभागिता रहेको थियो ।  

उक्त भेटघाटमा अर्थमन्त्री खनालले आफूलाई अर्थमन्त्रीको रुपमा रहँदा समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न, पुँजी बजारलाई पारदर्शी र लगानीमैत्री बनाउन र आर्थिक सुशासन कायम गराउनका लागि नियामक निकायहरूले खेलेको भूमिकाप्रति  धन्यवाद दिए । 

सो अवसरमा नियामक निकायका प्रमुखहरूले अर्थमन्त्रीसँगको सहकार्य फलदायी रहेको स्मरण गराउँदै नेपालको बैंक तथा वित्तीय क्षेत्रको विकास र वित्तीय अनुशासन कायम गराउनमा अर्थ मन्त्रालयले अवलम्बन गरेका नीति र मार्गनिर्देशनका लागि अर्थमन्त्रीप्रति आभार व्यक्त गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ