arrow

मारिए इरानकै सुरक्षा प्रमुख लारिजानी, छोरा र कमाण्डर सुलेमानीको पनि मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ४ बुधबार
ali-larijani-iran-killed.jpg

काठमाडौँ । आज अमेरिका, इजरायल र इरानबीचको युद्धको १९ औँ दिन हो । १८ औँ दिन इजरायली हवाई आक्रमणमा इरानका सुरक्षा प्रमुख अली लारिजानी र उनका छोराको मृत्यु भएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले लारिजानीको मृत्यु भएको पुष्टि गरेको हो ।

त्यसपछि कोर्प्सले इजरायलको राजधानी तेल अभिभमा १०० भन्दा बढी स्थानहरूमा मिसाइल आक्रमण शुरू गरेको थियो । इरानले लारिजानी, उनका छोरा र बासिज अर्धसैनिक बलका कमाण्डर घोलामरेजा सुलेमानीको हत्याको बदलामा आक्रमण गरिएको दाबी गरेको छ।

इरानले इजरायलको बलियो प्रतिरक्षा प्रणालीले आक्रमण रोक्न असफल भएको पनि दाबी गरेको छ। इजरायलले मिसाइलको भग्नावशेषबाट एक महिलाको मृत्यु भएको बताएको छ।

अहिलेसम्म २४ सय २८ जनाको ज्यान गइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ