arrow

गर्मीबाट राहतको स्मार्ट समाधान : टीसीएलका सिलिङ क्यासेट एसी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ४ बुधबार
cg-electronic-tcl-air-condition-march-2026.jpg

काठमाडौँ। नेपालमा गर्मी बढ्दै जाँदा घरदेखि कार्यालय र व्यावसायिक स्पेससम्म सहज तथा सन्तुलित चिसोपनको आवश्यकता अझ महत्त्वपूर्ण बन्दै गएको छ। यही आवश्यकतालाई ध्यानमा राख्दै सीजी इलेकट्रोनिक्सले टीसीएल ब्रान्डका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा प्रस्तुत गरेको छ। यसले गर्मीका दिनहरूमा आरामदायी र सन्तुलित वातावरण सिर्जना गर्न प्रभावकारी सहयोग पुर्‍याउँछ।

छतमा फिट हुने यसको स्मार्ट डिजाइन र ८-वे एयर आउटलेट प्रणालीले कोठाको चारैतिर समान रूपमा हावा वितरण गर्छ। इनभर्टर प्रविधि, अल्ट्रा-लो नोइज डिजाइन र हेल्दी फिल्टर जस्ता सुविधाले ऊर्जा बचत, शान्त सञ्चालन र स्वच्छ हावा सुनिश्चित गर्दछन्। साथै बिल्ट-इन वाटर पम्प, एलईडी डिस्प्ले, रिमोट कन्ट्रोल, टाइमर र पावर-डाउन मेमोरी जस्ता स्मार्ट फिचरहरूले दैनिक प्रयोगलाई अझ सहज र सुविधाजनक बनाउँछन्।

यी एसी १ टन, १.५ टन, २ टन, ३ टन र ४ टन क्षमतामा उपलब्ध छन्। यसले कार्यालय, होटेल, बैङ्क, रेस्टुरेन्ट तथा ठूला स्पेसहरूका लागि उपयुक्त र प्रभावकारी समाधान प्रदान गर्दछ।

नेपालमा टीसीएल ब्रान्डका सिलिङ क्यासेट स्प्लिट टाइप तथा वाल माउन्ट स्प्लिट टाइप एसीहरू चिसोपनका लोकप्रिय विकल्प बन्दै गएका छन्। यसबाहेक वासिङ मेसिन, वाटर डिस्पेन्सर, रेफ्रिजरेटर र टिभी तथा अडियो सिस्टम जस्ता टीसीएल ब्रान्डका अन्य होम अप्लायन्सहरू पनि नेपाली दैनिक जीवनको अभिन्न अङ्ग बन्दै गएका छन्।

सीजी इलेकट्रोनिक्स नेपालमा टीसीएल ब्रान्डको आधिकारिक वितरक तथा निर्माता कम्पनीका रूपमा परिचित छ। कम्पनीले गुणस्तरीय उत्पादन र भरपर्दो सेवामार्फत नेपाली ग्राहकहरूको जीवनशैलीलाई अझ सहज, स्मार्ट र आरामदायी बनाउँदै आएको छ।

यी सिलिङ क्यासेट एसीहरू सीजी इलेकट्रोनिक्सका शोरूम तथा देशभरका प्रमुख इलेकट्रोनिक्स पसलहरूमा उपलब्ध छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ