तस्बिर - इरानमा फाँसी दिइएका तीन युवाको तस्बिर इरानी समाचार एजेन्सी फार्सले जारी गरेको हो ।
काठमाडौँ । इरानमा तीन जनालाई फाँसी दिइएको छ। उनीहरूलाई जनवरीमा सरकार विरोधी प्रदर्शनका क्रममा प्रहरीको हत्या गरेको आरोप लगाइएको थियो।
अल जजिराका अनुसार यी व्यक्तिहरूलाई दुई प्रहरी अधिकारीहरूको हत्या गरेको आरोपमा दोषी ठहराइएको थियो । त्यसपछि अदालतले उनीहरूलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।
आज अमेरिका-इजरायल-इरान युद्धको २० औँ दिन हो। इरानले कतारको सबैभन्दा ठूलो ग्यास प्लान्ट, रास लाफानमा मिसाइल आक्रमण गरेको छ ।
योसँगै कतारले केही इरानी सैन्य र सुरक्षा अधिकारीहरूलाई "व्यक्तिगत रूपमा गैर-अनुचित" घोषित गरेर २४ घण्टा भित्र देश छोड्न आदेश दिएर एउटा ठूलो कदम चालेको छ।
इरानमा इजरायलले सबैभन्दा ठूलो पार्स ग्यास प्लान्टमा आक्रमण गरेपछि त्यसको जवाफमा कतारको ठूलो ग्यास प्लान्टमा मिसाइल आक्रमण गरेको बताएको छ ।
त्यसपछि फेरि दोस्रो आक्रमणसमेत भएको बताइएको छ । यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कतारमा फेरि आक्रमण भए नसहने बताएका छन् ।