arrow

एकताले नै राष्ट्रियतालाई सबल र सुदृढ बनाउँछ: राष्ट्रपति पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ७ शनिबार
ramchandras-s.jpg

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले इस्लाम धर्मावलम्बीको महान् चाड ईद (ईद–उल–फित्र) पर्वको शुभकामना दिएका छन् ।

आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सामाजिक एवं सांस्कृतिक विविधताबिचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताएका हुन् ।

उनले ईद (ईद उल फित्र) पर्वले मुस्लिम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन र विकास गर्न टेवा पुग्ने विश्वास पनि व्यक्त गरे ।

सन्देशमा भनिएको छ, ‘यस पर्वले सम्पूर्ण नेपालीबिच आपसी समझदारी, दिगो शान्ति एवम् भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ