अमेरिका-इजरायलले युद्ध हारेको इरानी सर्वोच्च नेता खामेनीको दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ७ शनिबार
2k
Shares
काठमाडौँ । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले संयुक्त राज्य अमेरिका र इजरायलसँगको जारी युद्धमा शत्रु पराजित भएको बताएका छन् । नउरोजको अवसरमा जारी गरिएको लिखित सन्देशमा खामेनीले भने, 'शत्रु राष्ट्रहरूले आक्रमणपछि इरानी जनता सरकारको विरुद्धमा उठ्ने छन् भन्ने आशा गरेका थिए, तर त्यस्तो भएन।'
खामेनीले भने, 'मैले सोचेको थिएँ कि केही दिनको आक्रमण पछि देशमा डर र निराशा फैलिनेछ र जनता सरकारको विरुद्धमा उठ्नेछन्, तर मैले गम्भीर गलत गणना गरेँ ।'
खामेनीका अनुसार यसको विपरीत, फरक विचारधारा र भिन्नताहरूको बावजुद देशमा एकता देखिएको छ। उनले इरानीको यो एकताका कारण शत्रु आफ्नो उद्देश्यमा सफल हुन नसकेको र यसको शिविरमा फाटो देखा परेको दाबी गरे ।
आज अमेरिका-इजरायल र इरानबीचको युद्धको २२ औँ दिन हो । गत फेब्रुअरी २८ देखि युद्ध जारी छ ।