काठमाडौँ । खर्बुजाको सिजन शुरू भएसँगै अहिले बजारमा खर्बुजा आउन थालेको छ । अहिले कुलेश्वर फलफूल बजार र कालीमाटी तरकारी तथा फलफूल बजारमा भारतको महाराष्ट्र, आन्ध्रप्रदेश र मध्य प्रदेशका खर्बुजा आउन शुरू भएको एक व्यापारीले जानकारी दिए ।
कुलेश्वर फलफूल बजार हाल प्रतिकिलो ४० देखि ४५ रुपैयाँ बिक्री भइरहेको छ । खर्बुजाको सिजन भर्खर शुरू भएकाले नेपाली खर्बुजा बजारमा आउन अझै एक महिना जति समय लाग्ने र नेपाल खर्बुजा बजारमा आएपछि केही सस्तो हुने व्यापारीहरू जानकारी दिए ।