हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघको आयोजनामा टाइमोसन कन्ट्री पार्क अल्ट्रा ट्रेल रनिङ
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ११ बुधबार
4.8k
Shares
हङकङ। हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघको आयोजनामा टाइमोसन कन्ट्री पार्क अल्ट्रा ट्रेल रनिङ सम्पन्न भएको छ । ५० किलोमिटर र १२ किलोमिटरमा विभिन्न देशका १७६ जना धावकले प्रतिस्पर्धा गरेकामा ५० किमिमा हङकङ चीनका एन चेज हङ पहिलो भए । नेपालका सन्तोष तामाङ दोस्रो तथा बेलायतका तमी युङ तेस्रो भए ।
त्यसैगरी ५० किमि महिलामा बेलायतकी हङ क्यु किमी ल्योङ पहिलो भइन् भने हङकङ चीनकी पाक ई मङ दोस्रो तथा भारतकी जुलीयामित लेप्चा तेस्रो भइन् ।
१२ किमिमा बेलायतका म्याथ्थु क्यारी पहिलो हङकङका यू जेस्पर याम दोस्रो तथा फ्रान्सका जर्म डी क्यालेरन्स तेस्रो भए । महिलातर्फ हङकङ चीनकी सीउ साङ सान लाउ पहिलो भइन् भने फिलिपिन्सकी इलाने एप्सटोल दोस्रो तथा हङकङकी जेसी याहू तेस्रो भइन् ।
विजेताहरूलाई नगद र ट्रकी प्रदान गरिएको थियो । यसैगरी विभिन्न उमेर समूह महिला समूहहरूका विजेतालाई पहिला दोस्रो तेस्रोहरूलाई ट्रफ्री प्रदान गरिएको थियो ।
निर्धारित समयमा दौड पुरा गर्ने धावकहरूलाई फिनिसर मेडल प्रदान गरियो ।
सम्पुर्ण प्रतियोगी धावकहरू लाई ब्लु माउन्टेन को एचके डलर १०० को सपिंड कुपन दौड टिसर्ट खाजा फलफूल हल्का पेय बियर खाना उपलब्ध थियो ।
हङकङ र विदेशी धावकहरूले खेल आयोजकहरूको खेल व्यवस्थापन उत्कृष्ट प्रकट भएको प्रतिकृया प्रकट गरेको थिए ।
संस्थाका सल्लाहकार रेस डाइरेक्टर डिना बगालेले दौड़का नियम र सेफ्टीबारे जानकारी दिएकी थिइन् भने नेपाली महाबाणिज्यदूत डा बिन्देश्वर लेखकले हार्न बजाएर उद्घाटन गरेका थिए ।
उनले नेपाली समुदायबाट हङकङमा अन्तर्राष्ट्रिय स्तरमा दौड प्रतियोगिता हुनु मासिक पदमार्गहरू सरसफ़ाई गर्दै आएको संस्थाको कामप्रति सराहना गरे ।
किरात याकथुङ चुम्लुङ्- कलाङ् समूहको लिम्बु नृत्य र तामाङ ध्याधुड सोलो नृत्य अरूणा शर्माको एकल नृत्य प्रस्तुति थियो ।
प्रतियोगिता आयोजक संस्थाले विगत दुई वर्षदेखि वातावरण र खेल लाई लक्षित गर्दै आएको छ । मासिक पदमार्गहरू सरसफ़ाई बलबालिकाहरू लाई निःशुल्क दौड तालिम दिँदै आएको छ ।
विजयी धावकहरूलाई अध्यक्ष संस्थाका सल्लाहकारहरू प्रयोजकहरूबाट ट्रफी नगद प्रदान गरिएको थियो ।