arrow

कर्णाली खेलकुद परिषद्मा नयाँ नेतृत्व

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १२ बिहिबार
pramod-hamal-karnali.jpg

सुर्खेत । कर्णाली प्रदेश सरकारले खेलकुद परिषद्को उपाध्यक्षमा प्रमोद हमाल र सदस्य सचिवमा रविन्द्र चन्द नियुक्त भएका छन् ।

कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले सुर्खेतका हमाललाई उपाध्यक्ष र चन्द्रलाई सदस्य-सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

दुई पदाधिकारीको नियुक्ति भएसँगै एक बर्षदेखि नेतृत्वविहीन भएको कर्णाली खेलकूद परिषद्ले नयाँ नेतृत्व पाएको हो ।

कर्णाली प्रदेश सरकारले खेलकूद परिषद्को पदाधिकारी नियुक्तिका लागि खुला प्रतिष्पर्धाद्धारा सार्वजनिक आव्ह्रान गरेको थियो ।

सदस्य सचिवका लागि शुरूमा २१ जनाले आवेदन दिएकोमा विभिन्न योग्यताक्रमलाई आधार मानेर १० जनालाई सर्टलिष्ट गरेको थियो ।

सदस्यसचिव छनोट समितिले माघ ३ गते लिएरको अन्तर्वार्ताबाट तीन जनाको नाम सिफारिस गरेको थियो ।

सिफारिस सूचीमा रविन्द्र चन्द, दीपक हमाल र प्रमोद हमाल थिए ।

मूल्याङ्कनमा चन्दले सबैभन्दा बढी ६७.१७ अंक प्राप्त गरेका थिए भने दीपक हमालले ६०.६३ र प्रमोद हमालले ५२.३७ अंक ल्याएका थिए ।

सिफारिस समितिले गरेको सिफारिस अनुसार एक नम्बरको योग्यताक्रममा रहेका चन्दलाई मन्त्रिपरिषद्ले सदस्य-सचिवमा नियुक्त गरेको सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

मन्त्री परिषद् बैठकले परिषद्को उपाध्यक्षमा प्रमोद हमालसहित पाँच सदस्य पनि नियुक्त गरेको छ ।

परिषद्का अन्य सदस्यहरूमा पंखबहादुर मल्ल (कालीकोट), भीमकुमारी भुसाल (सुर्खेत), गोर्खबहादुर शाही (हुम्ला), पवनकुमार थापा (दैलेख) र किरणकिशोर सापकोटा (सुर्खेत) छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ