arrow

इरानी प्राथमिक विद्यालयमा भएको ‘भयानक त्रास’ को न्याय हुनुपर्छ : मानवअधिकार उच्चायुक्त टर्क

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
tark-human-right.jpg

काठमाडौं । संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले इरानको एक प्राथमिक विद्यालयमा भएको बमबारीप्रति आपत्ति जनाउँदै अमेरिकालाई यस घटनाको तत्काल निष्पक्ष अनुसन्धान गर्न र निष्कर्ष सार्वजनिक गर्न आग्रह गरेका छन्। 

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ६१ औँ सत्रमा भिडियो सन्देशमार्फत सम्बोधन गर्दै टर्कले मिनाबस्थित शजरेह तय्येबेह प्राथमिक विद्यालयमा भएको आक्रमणले सिर्जना गरेको 'भयानक क्षति' को न्याय हुनुपर्नेमा जोड दिए। 

उनले विद्यालयका कक्षाकोठाहरू ध्वस्त भएको र अभिभावकहरू शोकमा डुबेका तस्बिरहरूले युद्धको सबैभन्दा ठूलो मूल्य निर्दोष बालबालिकाले चुकाउनु परेको यथार्थ छर्लङ्ग पारेको बताए।

इरानमा द्वन्द्व चर्किएसँगै अमेरिकी र इजरायली आक्रमणहरू पछिल्लो समय घना बस्ती भएका आवासीय क्षेत्र र नागरिक पूर्वाधारतर्फ केन्द्रित हुनु चिन्ताको विषय बनेको उच्चायुक्त टर्कको भनाइ छ। 

उनले परमाणु सुविधाहरूलाई निशाना बनाउनु 'बुझ्न नसकिने हदसम्मको लापरबाही' भएको टिप्पणी गर्दै मध्यपूर्व र खाडी क्षेत्रमा सैन्य तनाव खतरनाक स्तरमा पुगेको चेतावनी दिए। 

प्रत्यक्ष संलग्न देशहरूमा नागरिक पीडा र अस्थिरता बढ्ने उच्च जोखिम रहेकाले यो तनाव तत्काल अन्त्य हुनुपर्नेमा उनले विश्व समुदायको ध्यानाकर्षण गराएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ